टाउन प्लानिङबाट बन्दुकसहित एक जना पक्राउ

July 22, 2018      Views: 277  

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ टाउन प्लानिङबाट प्रहरीले एउटा सोह्रबोरको एकनाले बन्दुक र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित एक जनालार्इ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दी मंगला गाउँपालिका १ घर भएका ६० वर्षीय रामबहादुर पाइजा छन् ।

त्यसपछि प्रहरी टोलीले उनको कोठामा रहेको हतियारसहित उनलाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Similar Post You May Like