दुई संगठनले स्वीकार गरेको तामाङलाई अब पार्टी नेतृत्वले के गर्छ ?

August 19, 2018      Views: 41920  

काठमाडौं । दुई संगठनले स्वीकार गरेको तामाङलाई अब पार्टी नेतृत्वले के गर्छ , भन्ने विषय पछिल्लो समय निकै चर्चा र चासोको रुपमा हेरीएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनको एकताको करिब टुंगो लागे सगै पूर्वएमालेको अनेरास्ववियु र पूर्वमाओवादी केन्द्रको अनेरास्ववियु क्रान्तिकारी एकताका लागि गठित कार्यदलले एकीकृत संगठनको नाम र केन्द्रीय समितिको टुंगो लगाएको थियो ।

केही दिन अघि बसेको कार्यदलको बैठकले संगठनको नाम अनेरास्ववियुको ‘यु’ लाई दीर्घ यू लेख्ने सहमति गरेको थियो । यो सहमति सँगै अब नेकपाको विद्यार्थी संगठनको नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ‘अनेरास्ववियू रहने र अन्य सहमती भएको थियो ।

विद्यार्थी संगठन एकताका लागि गठित कार्यदलमा रविन्द्र अधिकारी, रमेश मल्ल, नविना लामा र रंजित तामाङ सदस्य रहेका छन् । नेकपाका अध्यक्षद्वय बाहेक सबैले एक व्यक्ति एक पद पाउने छन् भने मन्त्री तथा जनप्रतिनिधिले पार्टीको पदमा रहने छैनन् । पूर्व एमाले निकटको अनेरास्ववियुकी अध्यक्ष नविना लामा प्रतिनिधि सभाकी सांसद भएकाले एकीकृत विद्यार्थी संगठनको नेतृत्व पूर्व माओवादी निकट क्रान्तिकारीले पाउनु पर्ने दाबी गर्दै आएको छ । युवा र विद्यार्थी संगठन एक एक वटा पूर्व माओवादी र पूर्व एमाले लिने सहमती भए सगै पुर्व घटकले कुन जनवर्गीय सगठन लिने भन्ने विषयमा कार्यदल नै गठन गरेर सहमती खोज्दै आएका छन् ।

तत्कालीन माओवादी निकटको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ नेकपाको केन्द्रीय सदस्य रहेकाले एकीकृत युवाको संगठन तत्कालीन एमालेलाइ दिने पुर्व माओवादीको तयारी छ भने विद्यार्थीको नेतृत्व पूर्व माओवादी निकट क्रान्तिकारीलाई दिने तयारी रहेको छ ।

नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डलाई छाडिएको उक्त भागबन्डा पछिल्लो समय को कस्को निकट छ, भन्ने विभिन्न अनुमान र चर्चा हुदै आएको छ भने दुई संगठनका नेता तथा कार्यकर्ताले स्वीकारेको तामाङलाई अब पार्टी नेतृत्वले के गर्छ?  भन्ने विभिन्न अनुमान लगाउदै आएको पाइन्छ।

करिब एक वर्ष अघि मात्र चुनावी प्रक्रिया बाट अध्यक्ष भएका पूर्व माओवादी निकट क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ र पूर्वएमालेको अनेरास्ववियुका महासचिव एैन महरको पनि अध्यक्षको लागि दाबी रहदै आएको छ ।

झापा आन्दोलन बाट छुटै पहिचान स्थापित गरेका पूर्व माओवादी निकट क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ पछिल्लो समय निकै लोकप्रिय काम गर्दै नेतृत्वको मन जित्न सफल हुदै आएका छन् । शिक्षा क्षेत्रको निजिकरण व्यापारीकरणको विरुद्ध चर्को नारा लगाउने तामाङ नजिकरण र व्यापारीकरणको विरुद्ध ऐक्शन लिदै विद्यार्थी र अभिभावकको मन जित्दै नेतृत्वको विश्वास जित्दै आएका छन् भने अनेरास्ववियुका महासचीव एैन महर पनि अध्यक्षकै लागी उपाध्यक्ष बाट महासचीव भएका छन् ।

नेकपाका अध्यक्ष केपी ओलीको गृहजिल्ला वासी समेत रहेका तामाङलाई तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनवादी केन्द्रियताको नियमलाई तोड्दै चुनावीय प्रक्रियाको खुल्ला समेत गरेर तामाङलाई अप्रत्यक्ष रुपमा सहयोग गर्दै आएको पाइन्छ ।

यसरी चुनावीय प्रक्रियामा समेत हार व्यहोरेका सबैलाइ सन्तुलन कायम गर्दै लोकप्रिय बनेका तामाङ पछिल्लो समय पार्टीको नेतृत्वको सम्बन्धलाई सन्तुलित रुपमा कायम गर्दा र दुइ संगठनका नेता तथा कार्यकर्ताले स्वीकार गर्दै गर्दा एकता पछिको अध्यक्षमा तामाङ हुने की नहुने भन्ने विषय निकै जटिल बन्दै आएको छ।

Similar Post You May Like