मापसे गर्ने साथीभाइको ड्राइभर बनेको छुः कालीप्रसाद बाँस्कोटा

May 13, 2019      Views: 417  

काठमाडौं- चर्चित गायक एवं संगीतकार कालीप्रसाद बाँस्कोटा २ वर्षदेसिख कियाको पिकान्टो कार चढिरहेका छन्। नेपालखबरको सहप्रकाशन अटोस्पीड म्यागेजिनको ‘मेरो कार’ स्तम्भमा कालीप्रसाद बाँस्कोटासँग कार संवादः

अहिले तपाईं कुन कार चढिरहनुभएको छ?
कियाको पिकान्टो चढिरहेको छु। कतै जान हतार छ भने होन्डाको डीओ स्कुटर पनि चढ्ने गर्छु।

कहिले र कसरी किन्नुभयो पिकान्टोर?
त्यस्तै २ वर्ष भयो। आफ्नै कमाइले किनेको हुँ।

कार ड्राइभिङ कसरी सिक्नुभयो र लाइसेन्स निकाल्न कति झन्झट भयोर?
मेरो एउटा साथीको ड्राइभिङ इन्स्टिच्युट छ। उसकै इन्स्टिच्युटमा सिकेको हुँ। त्यसपछि तुरुन्तै लाइसेन्स लिएँ। एकैपटक ट्रायल पास गरेकाले खासै झन्झट भएन भनौं।

कार कति समयमा सर्भिसिङ गर्नुहुन्छर?
समयमै गर्छु। ५-६ सय किलोमिटर गुडेपछि सर्भिसिङका लागि पुगिहाल्छु।

कार ड्राइभका लागि काठमाडौं कस्तो ठाउँ होर?
मलाई त काठमाडौं गाडी गुडाउने ठाउँ नै होइनजस्तो लाग्छ। समयमा कुनै ठाउँमा पुग्न सकिँदैन। पार्किङको सुविधा छैन। ट्राफिक लाइटको समस्या छ। प्राइभेट र पब्लिक गाडी गुडाउने फरक–फरक लेन छैन। अत्यधिक जामले गर्दा कारले काम ढिला बनाइरहेको छ। धूलो र धूवाँबाट बच्नका लागि भने राम्रो पक्ष होजस्तो लाग्छ।

लङ ड्राइभमा पनि जानुहुन्छ ?
खासै जान्नँ। आफैं चलाएर अहिलेसम्म टाढा गएको भनेको सिन्धुली हो। त्यहाँको बाटो अप्ठ्यारो छ। त्यही पनि मैले खुब ‘इन्जोय’ गरें।

अहिलेसम्म ट्राफिकको फन्दामा पर्नुभएको छ कि छैनर?
छैन। म ट्राफिक नियम पालना गर्छु। कार किन्नुभन्दा अघि बाइक चढ्थें। यसरी सवारीमा यात्रा गर्न थालेको १५ वर्ष भयो। अहिलेसम्म कारबाहीमा परेको छैन।

मापसे गरेर गाडी चलाउनुभएको छर?
म मापसे नै गर्दिनँ। बरु मापसे गरेका साथीभाइको ड्राइभर चाहिँ भएको छु धेरैपटक।

कारसँग जोडिएको कुनै अविस्मरणीय क्षण छर?
जामले गर्दा धेरै भेटघाट छुटेको छ। जहिल्यै पुग्नुपर्ने समयभन्दा ढिला हुन्छ। कयौं पटक फिल्मको प्रिमियरमा पुगेर फर्किएको छु। यस्तै दुःखका कुरा मात्र छन्।

कतिसम्मको स्पिडमा हाँक्नुहुन्छर?
म धेरै हाँक्दिन। धेरै भनेको अहिलेसम्म ५५ पुगें होला। जोशमा आएर चलाउन मन लाग्दैन।

कार चढ्नु रहर, सपना वा बाध्यता के हो?
बाध्यता नै हो भनौं। खासमा मलाई गाडीभन्दा बाइकमै हिंड्न मन पर्छ। तर, एकपटक अर्कैको गल्तीले दुर्घटनामा परें। निकै दुःख पाइयो। विदेश जाने तयारी गरिरहेको थिएँ। दुर्घटनाको कारणले २ महिना बर्बाद भयो।

कारले दैनिक जीवन कति सहज बनाएको छ?
धूलो र धूवाँबाट बचाउनेबाहेक अन्य कुरामा सहज भएजस्तो लाग्दैन। नेपालको बाटो सुध्रियो र जाम कम भयो भने केही सहज हुन्थ्यो कि।

Similar Post You May Like