मुटु कुँडिने तस्वीर खिच्‍ने फोटो पत्रकारको अनुभव : सुखको खोजीमा मान्छेले केसम्म गर्दैन

June 28, 2019      Views: 429  

काठमाडौं-‘जुलिया ले डुस मेक्सिकोको माटामोरोस शहरबाट छापिने ुला जोर्नाडाु पत्रिकाकी फोटो पत्रकार हुन्। उक्त शहर रियो ग्रान्डे नदी किनारमा अवस्थित छ। नदीको पारिपट्टि छ, अमेरिका‘अर्थात् धेरैको सपनाको देश१ जुलियाले खिचेको मृत आप्रवासी बाबुछोरीको नदीकिनारमा तैरिइरहेको तस्विरले अहिले संसारभरका मानिसको आँखा रसाइरहेको छ। तस्वीरमा साल्भाडोरका शरणार्थी बाबुछोरी अल्बेर्टो मार्टिनिज रामिरेज र अढाइ वर्षकी भालेरियाको शव घोप्टो परेको अवस्थामा देखिन्छ। उनीहरु पौडिएर मेक्सिकोबाट अमेरिका छिर्ने कोशिस गर्दै थिए। उक्त तस्वीरबारे जुलियाको अनुभव हामीले ुद गार्डियनु पत्रिकाबाट साभार गरेका छौं।

गत आइतबारको कुरा हो। नदी किनारमा अधैर्य भएर भौतारिइरहेकी एक महिलाबारेमा माटामोरोसमा हल्लाखल्ला मच्चियो। त्यो हल्ला मैले पनि सुनें, त्यसपछि के रहेछ भनी बुझ्न नदीतिर लागें। म त्यहाँ पुग्दा ती महिला रोइकराइ गर्दै थिइन्। बुझ्दै जाँदा ती महिलाको छोरीलाई नदीले बगाएको थाहा पाएँ। मलाई पछि थाहा भयो, ती महिलाको नाम भेनिसा अभालोस रहेछ। तिनी त्यहाँ उपस्थित सरकारी अधिकारीलाई भनिरहेकी थिइन्, उनीहरु दुई महिनादेखि मेक्सिकोमा बसिरहेका थिए र अमेरिकामा शरण लिन चाहन्थे। उनीहरु दक्षिण मेक्सिकोको तापाचुलामा बस्थे। मेक्सिकोमा उनीहरुले मानवीय भिसाका लागि निवेदन पनि दिएका थिए। उक्त भिषा प्राप्त भएको खण्डमा मेक्सिकोमा एक वर्षसम्म बस्न र काम गर्न पाइन्छ। तर उनीहरुलाई मेक्सिको बस्नु नै थिएन, यो सबै अमेरिका छिर्ने उपायको खोजीमा थिए। उनीहरु जसरी भए पनि अमेरिका–सपनाु पुरा गर्न चाहन्थे। त्यही क्रममा उनीहरु बस चढेर अमेरिकाको सीमासम्म आइपुगेका थिए। त्यसदिन बिहान के भयोरु बाबुआमा र छोरीसहित तीनजनाको परिवार एकाबिहानै बोर्डर एरियामा आइपुग्यो। उनीहरु सिधै मेक्सिको–अमेरिका जोड्ने सीमास्थित अन्तराष्ट्रिय पुलमा गएर पुलिसलाई असाइलमु दर्ता गर्न चाहेको जानकारी दिए। पुलिसले आइतबार भएकाले कार्यालय बन्द रहेको जानकारी दियो।

त्यहाँ असाइलम गर्न चाहने सयौं मानिसको घुइँचो थियो। केही महिना अघिसम्म कम्तिमा १८ सय मान्छे अमेरिकामा शरणका लागि आवेदन दिएर अन्तर्वार्ताको पालो कुर्दै मेक्सिकोको माटामोरोसमा बसिरहेका हुन्थे। अहिले ३ सयको हाराहारीमा होलान्। हप्तामा तीन जनाभन्दा धेरैको अन्तर्वार्ता लिइँदैन। त्यसैले आवेदकहरुले हप्तौंमात्र होइन, महिनौं पनि कुर्नपर्ने हुनसक्छ। निराश दम्पत्ति छोरी बोकेर पुलबाट फर्किइरहेका थिए, मार्टिनिज टक्क रोकिए, पुलबाट नदीमा हेरे र भेनिसालाई नदीतिर देखाउँदै भने भेनिसा हामी ऊ‘ त्यहाँनेरबाट नदी तर्न सक्छौं।ु अनि त्यसपछि‘ अनि त्यसपछि मार्टिनिज छोरी बोकेर नदिमा हेलिए। छोरीलाई कुशलताका साथ नदी तारेर पारीपट्टि अमेरिकाको भूमि टेके। त्यसपछि उनी छोरीलाई पारी छाडेर श्रीमती भेनिसालाई लिन वारी आए। त्यो परिवारको दुर्भाग्य त्यहीँबाट शुरु भयो। अढाई वर्षकी छोरीलाई यो सबै घटनाक्रमको अर्थ थाहा हुने कुरै भएन। उसका आमाबाबु जिन्दगीसँग कसरी जुधिरहेका छन्, ती बालखालाई कसरी थाहा हुन्थ्यो र१ जसै मार्टिनिज भेनिसालाई लिन फेरि नदीमा हाम्फाले, छोरी पनि बाबुलाई पच्छयाउँदै नदीमा हेलिइन्। मार्टिनिज छोरीलाई नदीमा छिरेको देख्नासाथ हातखुट्टा खियाउँदै त्यतैतिर हान्निए। रियो ग्रान्डे नदीको तीव्र धारका अगाडि मार्टिनिजको केही सीप लागेन।

नदीले बाउछोरी दुवैलाई बगायो। भेनिसा चिच्याउँदै कराउँदै नदी किनारमा घरि यता घरि उता गरिरहेको देखेकाहरुले घटनाक्रम बुझेपछि उद्धारका लागि पुलिसलाई खबर गरिदिए। पुलिसले झण्डै मध्यरातसम्म बत्ती बालेरै खोजी जारी राख्यो। तर बाबुछोरी दुवै भेटिएनन्। भोलिपल्ट सबेरै फेरि खोजी सुरु भयो। बिहानको सवा दस जति बजेको हुँदो हो, उद्दारकर्ताहरुले दुईवटा शव भेटे। पुलिसले टेपले घटनास्थल कभर गर्नुअघि मैले हतार हतार फोटो खिचिहाले, जुन तिनै बाबुछोरीको थियो। सुखको खोजीमा मैले क्राइम रिपोर्टरुका रुपमा पत्रकारिता गरेको धेरै वर्ष भयो, त्यस क्रममा कति शव देखियो देखियो। नदीमा डुबेर मरेकाहरुको शव पनि देखेकी छु। रियो ग्रान्डे एकदम खतरनाक नदी हो। तपाईं यो शान्तपूर्वक बगिरहेको देख्नुहोला, तर अहँ यसको तीव्रता एकदम धारिलो छ। त्यसै त त्यस्ता दुर्घटनाहरु देख्दा दुस्ख लाग्छ, यसमा त हेर्नू न१ बाबु र छोरी छन्, बाबुले छोरीलाई आफ्नो टिसर्टभित्र छिराएका छन्, ता कि छोरीलाई नदीको भेलले आफूबाट अलग्याउन नसकोस्१ मुटु नै चुँडिएजस्तो हुन्छ, यस्तो दृष्य देख्दा१ मनै भरङ्ग हुन्छ।

छोरीलाई बचाउन खोज्दा खोज्दै बाबु पनि रहेनन्। के यो घटना वा दृष्यले केही परिवर्तन ल्याउन सक्छरु मेरो विचारमा सक्नुपर्छ। त्यो परिवारसँग गुमाउनको लागि के थियो र सुखको खोजीमा उनीहरु जस्तोसुकै जोखिम मोल्न पनि तयार थिए। यो दृष्यले हामीलाई झक्झक्याउन सकेन वा हाम्रा नीतिनिर्माताहरुमा कुनै परिवर्तन ल्याएन भने बुझे हुन्छ, हाम्रो समाज गलत बाटोमा छ। मेक्सिकोमा जहिल्यै उत्तर बोर्डरको मात्रै चर्चा हुन्छ, जहाँ सरकारले ग्वाटेमालासँगको सीमामा कडाइ गर्न ६ हजार सैनीक उतारेको छ। समस्या त दक्षिणमा पनि छन् नि, किनकि यो अमेरिकासँग जोडिएको छ। यहाँका समस्यासँग म दिनहुँ साक्षात्कार गर्छु, ती अधैर्य परिवारहरु, अधैर्य मानिसहरु र अधैर्य भइ तिनले गर्ने क्रियाकलापहरु

Similar Post You May Like