एसपी मल्लको फेसबुकबाट अश्लील म्यासेज र तस्वीर बाहिरियो, अनुसन्धान सुरु

चितवन- चितवनका प्रहरी प्रमुख दान बहादुर मल्लको नाममा नक्कली फेसबुक एकाउन्ट खोली अर्धनग्न तस्वीर र अश्लिल किसिमका स्ट्याटर्सहरु राखिएको प्रति जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कार्यालयले मंगलबार बेलुकी प्रेस बिज्ञप्ती निकाल्दै घट्नालाई प्रहरीले गम्भिर रुपमा लिदै थप अनुसन्धान र कार्वाहीको लागी केन्द्रिय अनुसन्धान व्युरोमा जानकारी गराइएको प्रहरीद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।
१७ अर्गस्ट तारिखका दिन दिउँसो १२ बजे प्रहरी प्रमुख मल्लको नाममा खोलिएको उक्त एकाउन्टवाट रातीको अन्दाजी सवा १० बजे अश्लील तस्वीर राखिएको छ भने, २० अर्गष्टमा राती ७ः४१ बजे भरतपुर महानगरकी प्रमुख रेणु दाहाललाई अपशब्द बोल्दै रवि लामिछाने लाई फसाउन आफूलाई १४ करोड रुपैयाँ दिएको भनी बताएका छन्।
प्रहरीले सो, घट्नाका बारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउदै तत्कालै थप अनुसन्धान गरिने बताए। साथै,उक्त घट्नामा संलग्न जो कोही भएपनि त्यसलाई नियन्त्रणमा लिएरै छाड्ने प्रहरीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा अनुसन्धानका कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि बिगत १३ दिनयता देखि प्रहरी प्रमुख मल्लको नाममा गाली बेइज्जती हुँदै आएको छ। तर, प्रहरी प्रमुख मल्लले धैर्यता अपनाएकै कारण र थप कानुनी कार्वाही अगाडि नबढाएकै कारण उनको चरीत्रहत्या हुने क्रम समेत बढ्दै गएको छ।
Similar Post You May Like
-
वैदेशिक राेजगार संघमा १७ पदका लागि ३० व्यवसायीकाे उम्मेद्वारी
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी पुस ३०
-
पार्टी निकट पत्रकारलाई प्रचण्डको आग्रह : अहिले ‘रिल्याक्स’ हुने बेला भएको छैन
कठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले
-
‘हिम्मत नभएकाहरु ढोका बाहिर रोएर बसिरहेका छन् : नेता नेपाल
काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा अन्तरपार्टी