प्रधानमन्त्रीलाई खुल्ला पत्र : ५ वर्षको कार्यकाल मनलाग्दी गरेर बर्बाद नगर्नुस् !

May 1, 2020      Views: 446  

प्रधानमन्त्री ज्यु नमस्कार !

यतिबेला कोरोना भाइरसबाट जोगिन विश्व मानव समुदाय अनेक उपाय गरिरहेका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वका अधिकांश मुलुकमा फैलिसकेको छ । यो बेला विश्वका अधिकांश मुलुक घोषित वा अघोषित रुपमा लकडाउनको अवस्थामा छन् । करीब–करीब विश्व बन्दाबन्दीको अवस्थामा छ । सिंगो मानव समाज नै त्रासपुर्ण जिवन बिताइरहेका छन् । हजारौं मानिस क्यारेन्टाइन वा वाइसोलेसनमा बस्न बाध्य छन् । सरकारलाई देश बचाउन जनताले सहयोग गरिरहेका छन । कोरोना भाइरसले आज विज्ञानलाइ नै चुनौती दिएको छ ।

बिगत ६ महिना देखि बिश्व समुदाय नोबेल  Covid- १९ कोरोनाको महामारीको चपेटामा परेको छ । यसको भ्यवाव स्थिति कहाँ सम्म जान्छ भने अनुमान लगाउन गाह्रो परि रहेको छ। करोडौ मान्छे यसको जोखिममा रहेको छन् भने लाखो मान्छेको मृत्यु हुन सक्ने अनुमान गरिएको छ ।

नेपालमा यसको आशिक प्रभाव परिसकेको हुनाले आज ३८ ओ दिन लकडाउनले नेपाल जस्तो गरिब मुलुकमा अर्थतन्त्रमा ठुलो गिरवाट अर्थात् ठुलो प्रभाव परिसकेको छ । साथै जनजीवनमा पनि उतिकै प्रभाव परिसकेको छ।

सम्मानीय प्रधानमन्त्री ज्यु, उठ्नुस र मनन् गर्नुस त्यो पार्टीको इतिहास पार्टीको बिधि र बिधान कम्नियुस्ट सिद्धान्त । तपाईंलाइ मात्र नेपाली जनताले भोट दिएका होइनन् । जनमत पार्टीको नाममा दिएको हो । तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र लगायत विभिन्न स्थानमा साना साना पार्टी हरुसंग बामगठबन्धन को आधारमा पार्टीले तपाईलाई सर्बोच कम्मानडर देशको प्रधानमन्त्री बनएको हो ।

आफु भित्र रहेको एकात्मकबाद र आफ्नो दम्भलाइ त्याग्नुस् समुहिकता र केन्द्रीकृत भएर कुनै पनि काम लाई इति शुभम गर्नुस पक्कै पनि तपाइको नेतृत्वमा ५ वर्षको स्थाई सरकार नेपाली जनताले कल्पना गरेको छ नेपाली जनताले किम जोन जस्तो शासन स्वीकार गर्ने छैनन् ।

१. नेकपा एमाले

तत्कालिन नेकपा एमालेको नवो महादिबेशन बाट पार्टी प्रमुख अथवा अध्यक्ष पदमा आफ्नो प्रतिस्प्रधी तत्कालिन महासचिव माधाव कुमार नेपाल संग विजय हासिल गर्नु भएको थियो यसको मतलब यो होइनकि पार्टी प्रतिनिधिहरुको मतको अवमुल्यन गरि मनलाग्दी गर्नुस् ।

२. माओबादी केन्द्र

माओबादी केन्द्रका तत्कालिन अध्य्क्ष पुष्पकमल दाहाल प्रचण्ड ले विश्वका कम्युनिष्टहरु एक हुनु पर्छ भने अभिप्रायले नेपालमा विचार मिल्ने १० सानो दलहरुसंग एकीकरण गरि माओबादी केन्द्र निर्माण गर्नु भयो लगतै अर्को ठुलो कम्नियुस्ट पार्टी नेकपा एमाले संग पार्टी एकता गर्ने प्रस्तावका साथ २०७४ आलको प्रतिनिधि सभाको निर्वाचमा १७४ सिट यानिकी २/३ मत पाएको थियो लगतै पार्टी एकिकरणको बाकि काम पुरा गर्ने अभियानमा दुइ ओटै पार्टीका नेता हरु लागे र निर्वाचनमा नेकपा एमाले लाइ जनताले बिश्वास गरि सबै भन्दा बढी मत दिएको आधार मा कहिँ कहिँ ६०/४० र कहिँ कहिँ मतको आधारमा पार्टी एकता को बाकी काम पुरा भयो ।

पार्टी एकता नहोस र दुई तिहाइको कम्युनिष्ट सरकार निर्माण नहोस भन्ने देशी बिदेशीका धेरै शक्तिहरुले प्रचण्ड लाइ ५ वर्षको प्रधानमन्त्री र रास्ट्रपति लगायत प्रमुख मन्त्रलय दिने गरि कांग्रेस संग मिलेर सरकार बनाउने अफर नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गरेका थिए तर प्रचण्ड त्यो अफर लाइ अस्विकार गरे किन भने २/२ चोटी प्रधानमन्त्री बनिसकेकोले कुनै किसिम को लोभ थिएन थियो त केवल २ तिहाइको कम्युनिष्ट सरकार जुन कि पुरा भयो ।

३. अध्यादेश

संबिधान निर्माण कर्ता राष्ट्र प्रमुख जनादेशको बिपरित अद्यादेश ल्याएर राजनीतिक अस्तिरता तिर लाग्नु भयो प्रधानमन्त्री स्वयमले दल बिभाजन सम्बन्धि अध्यादेश ल्याएर ठुलो गल्ति गर्नु को साथै उनि फेल खाय संबिधानमा प्रतिनिधि सभाको सदस्य नभएको लाई कसरी प्रधानमन्त्रीको लागी प्रस्ताव गर्नु ।

४. सचिवालय (सल्लाहकार )

प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो सचिवालय र सल्लाहकारहरुको सल्लाहले बारमबार फेल खाय र आलोचित हुँदै आएको देखियो ।

५. मन्त्रि मण्डल

प्रधानमन्त्री केपी शर्मा ओलीको मंत्रिमण्डलमा अहिले सम्म जतिपनि भ्रस्टाचारको गन्ध आएको सुनियो त्यो केवल केपी ओली निकटको बिस्वासपात्रले समालेको मन्त्रालय आएको छ ।

६. राजनीतिक संयन्त्रको आवश्यकता

नेकपा का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड द्वारा हालै नोबेल Covid- १९ कोरोनासंग सामना गर्नको लागि प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरु एक जुट भई यो महामारीसंग सामना गर्नु पर्ने र राहत लगायत रोकथामको उपाय निकाल्ने आवश्यकता रहेको छ।

प्रभाकर गुप्ता अनेरास्ववियू तथा नेकपा पर्सा जिल्ला कमिटि सदस्य हुन् ।

Similar Post You May Like