कोरोना संक्रमितको संख्या २४९ पुग्यो

May 14, 2020      Views: 267  

काठमाडौ । राष्ट्रिय जनस्वासथ्य प्रयोगशालामा गरिएको परीक्षण ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं निवासी ७ वर्षीय पुरुष, जनकपुर धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला रहेको मन्त्रालयले जनाएको छ ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मी सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको हो ।

249

Similar Post You May Like