आखिर केलाई भन्ने विद्यार्थी संगठन ?

June 15, 2020      Views: 287  

हिजोको विद्यार्थी आन्दोनको ईतिहास बर्तमान नेतृत्वले बिर्सि रहेको कुरा जगगायर नै छ । आजको विद्यार्थी संगठनको न उदेश्य नै प्रश्ट छ न त नेतृत्व नै सच्चा छ । आजको विद्यार्थी आन्दोलन भोलिको विद्यार्थी आन्दोलनको ईतिहास बन्न सक्छ कि सक्दैन आज यो प्रश्न विद्यार्थी संगठन भित्र उठ्न जरुरी छ ।

दिनप्रती दिन बिद्यार्थी संगठनहरु निरीह बन्दै गई रहेका छन्, अस्तित्व, पहिचान, उबलब्धी,ईतिहास यि सबै बिषयहरुलाई आजका बिद्यार्थी संगठनहरुले भुल्दै बिर्सदै ,गुमाउँदै गई रहेका छन् । आज जुनसुकै राजनितिक पार्टी निकट विद्यार्थी संगठनहरुलाई हेरौ कुनै पनि संगठनले गतिलो एजेण्डा बोकेर आन्दोलनमा लागेको देखिदैन । आजका यि सबै बिद्यार्थी संगठनहरु एजेण्डा, आन्दोलन लगाएत अन्य बिषयहरुलाई बचाउन स्थापित गराउन लागि परेको देखिदैनन् । यस्ता गम्भीर बिषयहरुलाई ध्यानमा नराखी,यि बिषयप्रती समर्पित नभई संगठन अगाडी बढ्ने हो भने कहाँ पुग्छ विद्यार्थी संगठन आजका विद्यार्थी संगठनहरुले बेलैमा छलफल र बहस चलाउन आवश्यक छ ।

हरेक नेपाली जनताले युवा विद्यार्थीहरुले बिद्यार्थी आन्दोलनलाई शशक्त परीवर्तनको आन्दोलनको रुपमा बुझेका छन् । तर वर्तमान अवस्थामा रहेका संगठनहरुको अवस्था कमजोर धरासईमा पुगेको देखिन्छ । त्यसैले संगठनहरु समयमै सचेत र जागरुक नहुने हो भने भोलिका दिनमा संगठन भित्र ठुलो बिद्रोह शुरु भई दुर्घटना हुन सक्छ । संगठनलाई दुर्घटनाबाट बचाउन लागि पर्ने कि नपर्ने, नेतृत्वले सोच्ने कि नसोच्ने यो बिषय निकै महत्वपुर्ण बनेको छ ।

बिभिन्न पार्टी निकट विद्यार्थी संगठनहरु यो राजनितिकको भुमरीको बजारमा प्रशस्त छन् , सबै संगठनहरु आ-आफ्नो विचार सिद्धान्त, पद्धती र मार्ग निर्देशन अनुसार चलि रहेका छन् । जनतालाई भ्रम फैलाएर पार्टी फुटाउँछन् , पार्टी जुटाउँछन् अनि पार्टी अनुसार फरक फरक विद्यार्थी संगठन बिस्तार गर्दछन् । बिद्यार्थी संगठनहरुलाई आन्दोनको चिन्ता छैन , बिश्व विद्यालय र प्रत्येक क्याम्पसहरुमा कमिटीहरु निर्माण गर्दछन् , विभिन्न सपना र योजना देखाएर कार्यकर्ता बनाउन थाल्दछन् , अनि हरेक क्याम्पस र विश्व विद्यालयसँग पैशा उठाउँछन् बास्तबमा वर्तमान विद्यार्थी संगठनहरु यिनै कामहरुमा ब्यस्त छन् ।

विद्यार्थी संगठनहरु धेरै छन् तर फरक विचार, सिद्धान्तको विद्यार्थी संगठन अनेरास्ववियूलाई मानिएको छ । यति मात्र नभईकन विगतका विभिन्न राष्ट्रीय आन्दोलनहरुको मोर्चाहरुमा अग्र र अब्बल स्थानमा स्थापित संगठन पनि अनेरास्ववियूलाई नै मानिन्छ । तर वर्तमान अवस्थामा अनेरास्ववियू विचार सिद्धान्त उदेश्य गतिहिन अवस्थामा पुगेको छ, आजको विद्यार्थी संगठनको मुख्य समस्याको कडी पनि यही हो ।

पुर्व माओवादी पार्टी र पुर्व एमाले पार्टी एकता भएर आज सिङ्गो विशाल नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको छ । झण्डै दुई तिहाई सरकार पनि नेकपाकै छ सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरी रहेका छन् । सरकारको चौतर्फी विरोध भई रहेको छ, सत्ता पक्ष वा विपक्ष दुवै तर्फबाट ओलीको तिव्र रुपमा आलोचना भई रहेको छ । नेकपाकै शिर्ष नेताहरु प्रतिपक्ष दलका नेताहरु देखी आम जनताहरुले प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका छन् ।

सत्तारुढ दलकै भातृ संगठन अनेरास्ववियूको नेतृत्व यतिबेला ऐन महर र रन्जित तामाङले गरी रहेका छन् , अथवा ऐन महर संयोजकको जिम्मेवारीमा छन् भने रन्जित तामाङ सह-संयोजको जिम्मेवारीमा छन् । केन्द्र देखी जिल्ला, प्रदेश, क्याम्पस तह सम्म एकताले पुुर्णता पाउँन सकि रहेको छैन, एकता पक्रियालाई टुङ्याउन नेतृत्व असफल भई रहेको छ । नेतृत्व कमजोर हुनु र संगठन हस्तब्यस्त हुनुमा संयोजक महरकै कारण हो भन्ने ठहराई आम नेता कार्यकर्ताहरुकोे छ ।

केलाई भन्ने विद्यार्थी संगठन, संगठनको काम के हो ,पहिचान के हो , कसरी पत्याउने खबरदारीको आन्दोलन हो बिद्यार्थी संगठन, रचानात्मक आन्दोलन हो विद्यार्थी संगठन । यि सबै विषय ईतिहासमा नै सिमित हुदै गएको छ । यि यस्ता प्रश्नहरुको उत्तर दिन, जवाफ दिन अनेरास्ववियूले सकि रहेको छैन ।

अनेरास्ववियू माथि विभिन्न प्रश्नहरु उठ्न थालेका छन् , संगठन सरकारको प्रवक्ताको रुपमा त कतै अगाडी बढि रहेको छैन, प्रधानमन्त्री केपी ओलीको रक्षा गर्ने जिम्मेवारी संगठनको हो कि? बिद्यार्थी आन्दोलनको संरक्षण गर्ने काम अनेरास्ववियूको हो ? यि यस्ता बिभिन्न प्रश्नहरु उठ्न थालेको छ । संगठन प्रमुख ऐन महर ओलीको भक्क्त हुन् , त्यसैले आजको संगठन सरकारको गुलामी बनि रहेको छ । एक ब्यक्तीले गर्दा सिङ्गो संगठन माथि कालो दाग लाग्ने खतरा बढ्दै गएको छ , त्यसैले संगठनको अस्तित्व कायम रहन महर संगठन बाट बाहिरिन आवश्यक छ भन्दै संगठन माथि प्रश्न उठेको छ ।

आज नेपाली राष्ट्रीयता, स्वाधीनता रक्षाको पक्षमा संगठन बोल्न सकि रहेको छैन, विभिन्न मुलुकहरुसँग गरेका राष्ट्रघाती सम्झौताहरुलाई वर्तमान सरकारले संसदबाट अनुमोदन वा परित गर्न खोजि रहेको छ । मुख्यत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को बिषयलाई लिएर देश भरी नै विभिन्न संघ संगठनहरुले विरोध जनाउँदै आन्दोलन गरी रहेका छन् । तर अनेरास्ववियू एमसिसीको बिरोधमा सडकमा खुलेर आउन सकि रहेको छैन, किन कि संगठन प्रधानमन्त्री केपी ओलीको ईशारामा चलि रहेको छ । समाजमा बिभिन्न अप्रीय घटनाहरु घट्छन् ,घटना घटाउने अपराधीहरु त्यही समाजमा खुले आम हिड्छन् तर तिनिहरुलाई सरकारले कारबाही गर्न सकि रहेको छैन, किन कि सरकारकै संरक्षणमा घटना घटि रहेका छन् । यि यस्तै बिषयहरुमा अनेरास्ववियू बोल्न सक्दैन किन कि संगठनलाई केपी ओली प्यारो छ।

सरकारले गरेका राम्रा कामको चर्चा र परिचर्चा गर्नु संगठको दायित्व पनि हो , त्यो अधिकार जुन संगठनलाई पनि छ । तर सरकारले देश र जनताको हित बिपरीत कामहरु, निर्णयहरु गर्न थाले पछि खबरदारी गर्ने दायित्व पनि त संगठन हो । तर बर्तमान संगठन अनेरास्ववियूमा त्यो देखिएन यति सम्म कि सरकारले देश बेच्न लाग्यो भने पनि ठिक छ भन्दै समर्थन र बिजय उत्सव मनाउन बेर छैन । भ्रष्टचार ,बेथिती, हत्या, हिंसा लगाएत अन्य देश र समाजका यि अपराधका बिषयहरुमा न केपी ओलीको सरकारले अवाज उठाई रहेको छ न त बिद्यार्थी संगठन अनेरास्ववियूले नै उठाउन सकि रहेको छ । ओली सरकारले गरेका गल्तीहरुलाई ढाकछेप गर्न र ओलीको पद बचाउनका निमित्त संयोजक महरको नेतृत्वमा नारा जुलुस सहित सडकमा आउने संगठन अनेरास्ववियू , कठै राष्ट्रीयताको मुद्धा उठाएर सडक आन्दोलनमा संगठन कहाँ आउन सक्छ र?

लुपुलेक, लिम्पीयाधुरा, कालापानी क्षेत्रको भुमि अतिक्रमणको विषय देखी एमसिसी सम्मको बिषयलाई लिएर केही दिन अघि देखी नै अनेरास्ववियूका केही नेताहरु सडक आन्दोलनमा नै छन् । फलस्वरुप लुपुलेक, लिम्पीयाधुरा सहितको नक्सा सरकारले सार्वजनिक गरि सकेको छ । मुख्यत अहिले एमसिसीको बिषयलाई लिएर देश भरी नै सडक आन्दोलन चलि रहेको छ । केही दिन अघि मात्रै काठमाडौको माईतिघर मण्डलमा एमसिसीको बिरोध गर्दै एमसिसी खारेज गर्नु पर्ने माग राख्दै शान्तिपुर्ण रुपमा अनेरास्ववियूका नेता कार्यकर्ताहरुले आन्दोलन गरे । तर आन्दोलनकारी माथि प्रहरी जाई लाग्यो, लाठ्ठी, र भाटा प्रयोग गर्न प्रहरी सफल भयो , माईतिघरको सडक केही छिन भरमै रणभुमि नै बन्न पुग्यो । प्राय सबै आन्दोलनकारी नेता कार्यकर्ताहरु घाईते भए कसैको टाउको फुट्यो, कसैको हात खुट्टा भाँचियो सडक रगतले भरियो । नेपाली झण्डा बोकेर राष्ट्रीयता, स्वाधिनताको पक्षमा बोल्दा प्रहरीले दमन गर्यो, तर आज कुनै पनि निकाय बोल्न सकि रहेको छैन ।

यति सम्म कि प्रहरीले कुटेर संगठनका नेता कार्यकर्ताहरु घाईते छन् , तर संगठन मौन बस्छ संगठनले कुनै पनि आधिकारीक धारणा निकाल्न सक्दैन । संयोजक, सहसंयोजक टुलुटुलु हेरेर बसि रहेका छन् तर बिडम्बना यस्तो छ कि आफ्ना नेता कार्यकर्ताहरुको जिम्मा संगठनले लिन सक्दैन । संयोजक, सहसंयोजकले हाम्रा नेता हाम्रा कार्यकर्ता हुन् भन्न सक्दैन यो कस्तो विद्यार्थी संगठन हो । सडक आन्दोलन गर्नेहरुलाई संगठनबाट कारबाही गर्छौ भन्दै विज्ञप्ती निकाल्न सक्ने संगठन आज राष्ट्रीयताको पक्षमा उभिनेहरुको बारेमा विज्ञप्ती निकाल्न नसक्ने संगठन । यो गुटगत स्वार्थले कता तिर जादैछ बिद्यार्थी संगठन! बिद्यार्थी आन्दोलन नेतृत्वले समयमै सोच विचार गरेर यस बिषयमा छलफल, बहश चलाउँदै एउटा तार्किक निष्कर्षमा पुर्याउने हो कि? यो प्रश्न आजका हजारौँ युवा बिद्यार्थीहरुको हो, त्यसैले संगठनले यो प्रश्न र यो बिषयलाई आत्मासात गर्दै अबको बिद्यार्थी आन्दोलनलाई शशक्त रुपमा अगाडी बढाउनु पर्ने सुवर्ण अवसर आएको छ ।

लेखक : भुमिराज अधिकारी बानेश्वर बहुमुखी क्याम्पस अनेरास्ववियूका नेता हुन् ।

Similar Post You May Like