नेकपा रामधुनीको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न

July 21, 2020      Views: 217  

इटहरी । नेकपा रामधुनीको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठान सुनसरीको आयोजनामा सुनसरीको रामधुनी नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवसमा आयोजित रक्तदान कार्यक्रमा २ सय ८२ जनाले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रममा रामधुनी, इटहरी, इनरुवा तथा वराह नगरपालिकाका नेकपाका समर्थक, नेता तथा कार्यकर्ताले रक्तदान गरेका थिए । कार्यक्रममा पुर्व कृषि मन्त्रि माननीय रामकुमारी चौधरीले पनि रक्तदान गरेकि थिइन् ।
प्रतिष्ठानका अध्यक्ष नन्द वस्नेतको अध्यक्षता र नेकपा सुनसरीका इन्चार्ज धर्मराज निरौलाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा वोल्दै निरौलाले पुष्पलालको योगदान अविष्मरणिय र उल्लेखनिय रहेको बताउँनुभयो ।

कोभिड–१९ को महामारीको समयमा पनि रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको नेकपा रामधुनीका नगर अध्यक्ष राम कोइरालाले बताउँनुभयो ।

श्रेष्ठको ४२ औँ स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले सुनसरीका विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरीएको प्रतिष्ठानका अध्यक्ष नन्द बस्नेतले जानकारी दिनुभयो ।

वहाँका अनुसार भोलि ७ गते इटहरीमा वृक्षारोपण तथा कोण सभा र १० गते धरानमा पुष्पलालको योगदानको चर्चा बिषयक विचार गोष्ठी हुनेछ ।

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा दिएको योगदानलाई कहिल्यै भुल्नु हुदैन ।

Similar Post You May Like