कोरोनाले प्रदेश १ को नामाकन रोकियो : मुख्यमन्त्री शेरधन राई

July 24, 2020      Views: 309  

इटहरी । मुख्यमन्त्री शेरधन राईले कोरोना महामारीका कारण प्रदेश १ को नामाकनको काम रोकिएको बताएका छन् ।

सरकारले चालू अधिवेशनबाट नामको टुंगो लगाउने बताउँदै आएका मुख्यमन्त्री राईले जारी अधिवेशनको अन्तिम बैठकमा कोरोना भाइरसका कारण नाम राख्न नसकिएको बताए । भाइरसको कारणले नामका बारेमा खुलेर छलफल गर्ने वातावरण बन्न नसकेको बताए ।

प्रदेश १ को बजेट अधिवेशनमा ३७ बैठक बसेको थियो । कोरोना महामारीका कारण दुईवटा कोठामा स्क्रिन सेयरिङ्का आधारमा जम्मा ६२ घण्टा ३० मिनेट बैठक बसेको थियो ।

प्रदेश १ मा समुदायमा नै कोरोना फैलिसक्यो
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समुदायमा कोरोना संक्रमण फैलिएको बताएका छन् । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि निरन्तर काम गरिरहेको बताउँदै उनले भने, ‘संक्रमण जनस्तरमा पुग्यो भन्नेमा हामी पुगेका छौं ।’

मुख्यमन्त्री राईले अब कोरोना जाँचलाई समुदायस्तरमा लैजाने बताए । लकडाउन अन्त्य भएपछि समुदायमा संक्रमण फैलने सम्भावना बढेकाले सावधानी अपनाउन उनले आग्रह गरे ।

प्रदेश १ को वार्षिक खर्च प्रगतिले विषम परिस्थितिमा पनि काम गर्न सकिन्छ भन्ने प्रमाणित गरेको बताउँदै उनले चालु र पुँजीगत तर्फ ७१ प्रतिशत बजेट खर्च गरेको बताए ।

Similar Post You May Like