कोरोनाबाट धनुषामा एक पुरुषको मृत्यु
जनकपुर । कोरोनाबाट धनुषामा पहिलो पटक एकको मृत्यु भएको छ । उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामबाट धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठान रेफर गरेकोमा बाटोमै मृत्यु भएको कोभिड १९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा। जामुन सिंहले जानकारी दिए ।
धनुषा जिल्लाको सहिदनगर नगरपालिकास्थित डुमरीयाका ३८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । केही दिन देखि कोरोनाको लक्षण देखिएका पुरुषलाई शनिवार प्रादेशिक अस्पतालमा ल्याइएको अस्पतालले जनाए । अस्पतालमा ल्याएपछि स्वाब परिक्षण गरेकोमा आज नै उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
संक्रमित कुनै प्रकारको दिर्घ रोगी नरहेको डा. सिंहले स्पष्ट पारे । संक्रमितलाई प्रादेशिक अस्पतालको जेनरल अस्पतालमा आएका थिए । संक्रमित जेनरल आइसीयुमा रहेकोले मृत्यु भएपछि अस्पतालमा आकस्मिक बैठक बसेको डा। सिंहले बताए । प्रदेश नम्बर २ मा अहिलेसम्म एक दर्जनको मृत्यु भइसकेको छ ।
Similar Post You May Like
-
भ्रष्टाचार मुद्दामा दाेषी ठहरिएका एसपी रामेश्वरप्रसाद यादव २ कराेड ५० लाखकाे चेक लिएर फरार
काठमाडौ । २ कराेड ५० लाखकाे चेक लिएर भ्रष्टाचार मुद्दामा
-
बिश्वकपमा ब्राजिलकाे बिजयी शुरुआत
काठमाडौं । सर्वियालाई २–० गोलको नतिजामा पराजित गर्दै ब्राजिलले कतारमा
-
वैदेशिक राेजगार संघमा १७ पदका लागि ३० व्यवसायीकाे उम्मेद्वारी
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी पुस ३०