काठमाडौँ उपत्यकामा ५३ जनामा देखियो कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ४८ जना, भक्तपुरमा १ र ललितपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यासँगै उपत्यकामा संक्रमितको संख्या ४७६ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३११ जनामा संक्रमण पुष्टि भएको छ भने १२१ जना निको भएका छन् ।
यस्तै, प्रवक्ता गौतमकाअनुसार उपत्यका प्रवेश गर्ने मुख्य नाका थानकोट, फर्पिङ र साँगाबाट स्वाब संकलन गर्न सुरु गरिएको छ । मंगलबार अपरान्ह चार बजेसम्म ती नाकाबाट ४ हजार ८ सय १३ जनाको स्वाब संकलन गरिएको छ । मन्त्रालयले फर्पिङ नाकाबाट ९ सय ५५, थानकोट नागढुंगाबाट २ हजार ९ सय १४ र साँगाबाट ९ सय ४४ जनाको स्वाब संकलन गरेको हो ।
Similar Post You May Like
-
भ्रष्टाचार मुद्दामा दाेषी ठहरिएका एसपी रामेश्वरप्रसाद यादव २ कराेड ५० लाखकाे चेक लिएर फरार
काठमाडौ । २ कराेड ५० लाखकाे चेक लिएर भ्रष्टाचार मुद्दामा
-
“जनयुद्धको बलबाट नै मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भएकाे हाे” : नेता बस्नेत
काठमाडौ । अनेरास्ववियू (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिकाे आयोजनामा २८ औं
-
विवाद बीच हिमाल शर्मा कार्यक्रममा सहभागी भएको भन्दै हिमाल शर्मा विरुद्ध सामाजिक संन्जालमा विरोध !
काठमाडौ । अनेरास्ववियू(क्रान्तिकारी)ले उपत्यका विशेष प्रदेशले आयोजना गरिएको स्वबियु केन्द्रित