चार्टड उडानमार्फत सन्दीप लामिछाने सीपीएल खेल्न भोलि जाने

July 29, 2020      Views: 298  

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने भोलि (विहीबार) विहान जाने भएका छन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान शुरु नभएपनि उनी चार्टड उडानमार्फत त्यसतर्फ जान लागेका हुन् । उनी अमेरिका हुँदै सीपीएल खेल्न ट्रिनिडाड पुग्ने छन् ।
अन्तर्राष्ट्रिय उडान नभइरहेका बेला सरकारसँग आग्रह गरेपछि सरकारले सहजिकरण गरेको हो । सन्दीप विहीबार विहान साढे १० मा नेपालबाट हुने चार्टड उडानबाट जाने तय भएको बताइएको छ ।

Similar Post You May Like