‘इनफ इज इनफ’ अभियानका सत्याग्रहीलाई भेटेर देउवाले जनाए ऐक्यवद्धता
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘इनफ इज इनफ’ अभियानका सत्याग्रहीहरुलाई भेटेर उनीहरुको मागमा ऐक्यवद्धता जनाएका छन् ।
शनिबार बसन्तपुरमा अनशनरत ‘इनफ इज इनफ’का अभियानका सत्याग्रहीहरुलाई भेटेर सभापति देउवाले युवाहरुको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘सरकारले उहाँहरुका माग पूरा गर्नुपर्छ । कोरोनाबाट मान्छे मर्न दिन हुन्न । यो अभियानलाई हाम्रो ऐक्यवद्धता छ ।’ उनले भने ।
अभियन्ता ईः लगायत युवाले कोरोना रोकथामका लागि प्रभावकारी कदम चाल्नु पर्ने, पीसीआर परीक्षण बढाउनु पर्ने, पूर्वसहमति कार्यान्वयन हुनुपर्ने लगायत माग राखी डेढ सातादेखि सत्याग्रह जारी राखेका छन् ।
Similar Post You May Like
-
अवैध रकमसहित दुई नियन्त्रणमा
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग
-
प्रचण्डसँग वामदेवको प्रस्ताव : ओलीलाई तत्काल बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं
काठमाडौं । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा
-
अख्तियारले दवाएका भ्रष्टाचारका फाइल उधिन्दै राष्ट्रिय सतर्कता केन्द्र
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही नगरि तामेलीमा राखेका भ्रष्टाचारका