पीएसजीले जित्यो लिग कपको उपाधि

August 1, 2020      Views: 94  

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा लियोनलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन बन्न सफल भएको हो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय र थप गरिएको समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा पीएसजीले बाजी मार्न सफल भयो ।

पीएसजीका एन्जल डि मारिया, मार्को भेराट्टी, लियान्द्रो ड्यानियल पाराडेस, एन्डर हेरेरा, नेयमार र पाब्लो सारावियाले गोल गर्न सफल भए । लियोनका लागि जोअचिम एन्डरसन, कार्ल टुको एकम्वी, म्याक्सइन्स, थियागो मेन्डिस र हुसेन एओअरले गोल गरे तर, बर्टरान्ड ट्राओरेको प्रहारलाई पीएजीका गोलकिपर किलर नाभासले बचाएकाा थिए ।

खेलको अन्तिम मिनेटमा डिफेन्डर राफेल रातो कार्ड खादै मैदान बाहिरिएपछि लियोन १० खेलाडीमा समेटिएको थियो । उनले डिबक्सभित्र पीएसजीका एन्जल डी मारियलाई फल गरेका थिए ।

गत शुक्रबार पीएसजीले सेन्ट ईटिएनलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि पनि जितेको थियो । अब पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टासँग प्रतिस्पर्धा गर्दैछ ।

Similar Post You May Like