लियोनको जितमा डिपेको ह्याट्रिक

August 29, 2020      Views: 72  

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा लियोनले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लियोनले डिजोनमाथि ४–१ को जित निकालेको हो । लियोनको जितमा मेम्फिस डिपेले ह्याट्रिक गरे ।

खेलमा औरिलियन स्कीडलरको गोलमा डिजोनले खेलको १४ औं मिनेटमा अग्रता लिएको थियो । तर, ३९ औं मिनेटमा डिपेले पेनाल्टीमार्फत गोल गर्दै लियोनलाई बराबरीमा ल्याए ।

पहिलो हाफको अन्तिम मिनेटमा वेस्ले लौटाओले आत्मघाति गोल गरेसंगै लियोनले खेलमा अग्रता बनायो ।

पहिलो हाफको ईन्जुरी समयमा डिपेले लियोनलाई ३–१ ले अघि बढाए । डिपेले ६६ औं मिनेटमा ह्याट्रिक पुरा गर्दै लियोनलाई सहज जित दिलाए ।

Similar Post You May Like