पेस्तोल र गोलिको साहारामा अनेरास्ववियूको संयोजक बनेका ऐन महर !

August 31, 2020      Views: 7101  

काठमाडौ । पछिल्लो समय सत्तारुढ नेकपा निकट विद्यार्थी संगठनका संयोजक ऐन महर चर्चामा छन् । जिउँदो मान्छेलाई श्रदान्जली दिएर चर्चामा आएका महर भ्रष्टाचार र घुसखोरी काण्डको पर्दाफाँस भएपछि उनको चर्चा झन चुलिएको छ ।

अहिलेको वर्तमान अवस्थामा पनि उनले गरेका बिभिन्न खराब कर्तुतहरु एक पछि अर्को गर्दै बाहिरीन थालेका छन् । कहिले भ्रष्टाचार र घुसखोरी काण्ड त कहिले जिउदो मानिसलाई मार्ने काण्ड यि यस्ता विभिन्न घटनाहरु सार्वजानिक हुन थालेका छन् ।

यो सँगै उनले विगतका दिनहरुमा गरेका कुकर्महरुको पर्दाफाँस समेत हुन थालेको छ । सामाजिक संजालमा त्रिचन्द्र क्याम्पसमा भएको झडपको एउटा भिडियो भाइरल भएको छ ।

उनीसहितको टीमले कलेजको भवन निर्माण गर्न टेन्टरको विषयलाई लिएर खुकुरी र भालासहित क्याम्पस छिरेर उपद्रो मच्चाएको देखिन्छ ।

उक्त घटनामा प्रहरी पनि मुखदर्शक बनेर बसेको भिडियोमा प्रस्ट देखिन्छ । उनको उपद्रोमा काँग्रेस निकट नेपाल विद्यार्थी संघका केही विद्यार्थीहरु घाइते भएका थिए ।

क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरिएको थियो भने अध्ययनरत धेरै विद्यार्थीहरु हताहत भएका थिए ।

हेर्नुहोस् उक्त घटनाको भिडियो

 

Similar Post You May Like