भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

August 31, 2020      Views: 129  

काठमाडौँ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षका उमेरमा निधन भएको छ।

कोरोना संक्रमणपछि कोमामा रहेका पूर्वराष्ट्रपति मुखर्जीको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । गत अगस्ट १० मा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । पूर्वराष्ट्रपति मुखर्जीलाई केही दिनअघि सैनिक अस्पतालमा भर्ना गरिएको थियो।

उनी सन् १९६९ मा भारतीय कांग्रेसबाट राज्यसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि लगातार उनी चारपटक राज्यसभा सदस्यमा निर्वाचित भएका थिए । सन् २००४ मा भने पश्चिम बंगालको जांगीपुर क्षेत्रबाट उनी लोकसभा सदस्यमा निर्वाचित भएका थिए । सन् २००९ मा त्यसै क्षेत्रबाट उनी पुनः निर्वाचित भएका थिए । मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए।

Similar Post You May Like