फुड बैंकद्वारा बानेश्वर बहुमुखी क्याम्पसमा राहत बितरण

September 13, 2020      Views: 204  

काठमाडौ । काेराेना भाईरसकाे कारणले यति बेला विश्व नै अातङ्कित र त्रासित अवस्थामा पुगेकाे छ । नेपालमा पनि लामाे समयकाे लकडाउन र निषेधाज्ञाकाे कारणले यति बेला बिबिध क्षेत्रहरुमा समस्याहरु अाई परेका छन् । विशेष गरी अशक्त, एकल महिला,श्रमिक, र अध्यनकाे लागी काठमाडौमा भाडामा बस्दै आएका विद्यार्थीहरु मारमा परेका छन् ।

यी र यस्ता नागरीकहरुलाई मध्यनजर गर्दै अहिले खाद्य बैंक अभियानले ठुलाे सहयाेग गर्दै अाएकाे छ । काठमाडौका विभिन्न क्षेत्रहरुमा यस अभियानले निरन्तर रुपमा राहत बितरण गर्दै अाएकाे छ ।

अाज शान्तिनगरमा अवस्थित बानेश्वर बहुमुखी क्याम्पसमा यस अभियानले राहत बितरण गरेकाे छ । प्रतिब्यक्ति ५ केजि चामल,एक लिटर तेल, नुन १ केजि दाल र १ केजि मसाैरा उक्त अभियानले बितरण गरेका हाे । असहाय ,बालबालिका, बृद्ध,अशक्त श्रमिक, विद्यार्थीहरु झन्डै ११० जनालाई राहत बितरण गरेकाे अभियानता भुमिराज अधिकारीले बताए ।

उक्त अभियान कार्यक्रममा बानेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. घमानसिङ खड्का, अनेरास्ववियूका नेता ईन्द्र भुषाल, सुधेश पराजुलि, श्याम राेका दुतराज तामाङ,सन्जय काल्धन, प्रसुन कार्की , सागर केसी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

उक्त अभियान भुमिराज अधिकारी,कृष्ण प्रशाद रिजाल, सन्दिप लुईटेल,दिपा जैशि,पुजा खुसि,शासन सापकाेटा लगाएतले सञ्चालन गरेका हुन् ।

Similar Post You May Like