अनेरास्ववियूका सह-संयाेजक रन्जित तामाङकाे नेतृत्वमा बाह्रविसे पहिराे पिडितलाई सहयाेग

September 14, 2020      Views: 865  

काठमाडौं ।  सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ मा गएको पहिरो पिडितलाई सत्तारूढ दल पार्टी नेकपाकाे विद्यार्थी संगठन अनेरास्ववियूले राहत सहयोग गरेको छ । सोमबार अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङ्गको नेतृत्व टोलिले खाध्यन्न , लत्ताकपडा, टेन्ट, मेडिकल सामाग्री लगाएत अन्य सामाग्री सहयोग गरेको हो ।

बाह्रविसे नगरपालिको एकद्वार राहत वितरण निति अनुरुप सम्पुर्ण राहत सामाग्रि अनेरास्ववियूले नगरपालिकाको उपमेयर सुशिला कार्कीलाई हस्तान्तरण गरेको हो ।

पहिरो गएकै ठाउँमा गरेको हत्तान्तरण कार्यक्रममा बाेल्दै अनेरास्वियूका नेता इन्द्र भुसालले पहिराे पिडितको पक्षमा अनेरास्ववियू सधैं रहने प्रतिबद्धता ब्यक्त गर्दै अनेरास्ववियू सिन्धुपाल्चोक जिल्ला कमिटि विपत्तमा सहयोगी बन्न अपिल समेत गरेका थिए ।

अनेरास्ववियूले ६० थान टेन्ट, १२ थान कम्बल , १७ बाेरा चामल लगाएत अन्य मेडिकल सामाग्री हस्तान्तरण गरेको हाेे।

उक्त हस्तान्तरण कार्यक्रममा अनेरास्ववियूका सहसंयाेजक रन्जित तामाङ , ईन्द्र भुषाल, पबन कार्की ,श्याम राेका दुतराज तामाङ,सन्जय काल्धन, प्रसुन कार्की , सागर केसी , पुजा खुसि लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

Similar Post You May Like