काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना पुष्टि

September 21, 2020      Views: 82  

काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेनेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ। १ हजार ५ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

Similar Post You May Like