स्पोर्टिङले एकेडेमीको नाम ‘क्रिस्टियानो रोनाल्डो’ राख्ने

September 21, 2020      Views: 147  

काठमाडौं । पोर्चुगिज क्लब स्पोर्टिङ सीपी (क्लब डे पोर्चुगल)ले आफ्नो एकेडेमीको नामाकरण स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गर्ने भएको छ ।

स्पोर्टिङबाट करियर सुरु गरेर ग्राएजुयट गरेका रोनाल्डाको नामबाट एकेडेमीको नामाकरण गर्न लागिएको क्लबले जनाएको छ ।

रोनाल्डो विश्व फुटबलको इतिहासमा एक सर्वकालिन खेलाडी भएको बताउँदै उनकै नामबाट एकेडेमीको नामाकरण गर्न लागिएको क्लबले बताएको छ ।

रोनाल्डोले सन् २००२ मा इन्टर मिलानविरुद्ध १७ वर्षको उमेरमा स्पोर्टिङका लागि डेब्यु गरेका थिए ।

Similar Post You May Like