कागेशरी मनोहरा नगरपालिकाद्वारा घरपालुवा कुकुर र विरालोलाई निःशुल्क खोप लगाउने कार्य शुरु

September 29, 2020      Views: 181  

काठमाडौ । विश्व रेविज दिवश २०७७ सालको अवसरमा कागेशरी मनोहरा नगरपालिका पशु सेवा शाखा गागलफेदीको आयोजनामा विभिन्न कार्यक्रम शुरु गरेकाे छ ।

उक्त नगर क्षेत्र भित्रका घर पालुवा तथा सामुदायीक कुकुर र विरालोमा निःशुल्क खोप लगाउने कार्य सुरु गरेकाे यसै शाखामा कार्यरत पशु प्राविधिक रामेश्वर फुयालले जानकारी दिए ।

गत असाेज ११ गते देखि नगरपालीको प्राङ्‌गणबाट सुरु भएको खोप कार्यक्रम करिब १ साता सम्म नगर भित्रका विभिन्न स्थानमा संचालन हुने भएकाे छ। उक्त खोप कार्यक्रममा स्थानीय वासिन्दाहरुको उत्साहा जनक उपस्थीतिमा संचालन भइरहेको छ ।

Similar Post You May Like