“डाक्टर गाेबिन्द केसीका मागबारे सरकार जिम्मेवार बन्नु पर्छ” : रन्जित तामाङ

October 5, 2020      Views: 375  

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले डाक्टर गाेबिन्द केसीका मागका बारे सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

सरकारकाे रबैया बुझेका, डाक्टर केसी याे महामारीका बेला संयम बनेकाे भए राम्रो भएकाे बताउदै जतिसक्दाे चाडाे बार्ता-छलफलबाट निकास निकाल्न सत्याग्रहकाे सम्मान गर्न सरकारलाई माग गरेका छन् ।

चिकित्सा शिक्षा सुधारको माग राखेर १९ औं पटक २२ दिनदेखि डाक्टर केसी अनसनमा छन्। जुम्लामा अनसन बसेका केसीलाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल राखिएको छ। उनको स्वास्थ्य दिनप्रतिदिन बिग्रँदै गएकाे छ।

उनले सामाजिक सञ्जालमा भनेका छन् , डाक्टर गाेबिन्द केसीका माग बारे सरकार जिम्मेवार बन्नु पर्छ, सरकारकाे रबैया बुझेका, डाक्टर केसी पनि महामारीका याे बेला संयम बनेकाे भए हुने थियाे । जे हाेस जतिसक्दाे चाडाे बार्ता-छलफलबाट निकास निकाल्न सत्याग्रहकाे सम्मान गर्न सरकारलाई माग गर्दछु ।

Similar Post You May Like