बजार महंगी नियन्त्रण गर्न सरकारलाई अनेरास्ववियूका सह-संयाेजक तामाङकाे अपिल

October 9, 2020      Views: 246  

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयाेजक रन्जित तामाङले काेराेना संक्रमणकाे मात्रा दिनप्रतिदिन बढ्न थाले पछि उक्त भाईरस नियन्त्रण गर्न सरकारले विशेष पहल गर्नु पर्ने बताएका छन् ।

जनताकाे स्वास्थ्यका बारेमा बिशेष कदम तयारी गर्दै बजार महंगी नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । चाडबाडपर्वका बेला बिपन्न समुदायलाई राहत प्याकेजकाे ब्यवस्था गर्न अाग्रह गर्दै मनपरी शुल्क उठाउने शैक्षिक संस्थाहरुलाई तत्काल कारबाही गर्न सरकार समक्ष माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन् , सरकारकाे ध्यान जाओस, काेराेना संक्रमणकाे मात्रा दिनप्रतिदिन बढिरहेकाे छ, अस्पतालहरु भरिएका छन्,आईसियु अभाव भएकाे खबर आईरहेकाे छ, आधाभन्दा बढि संक्रमितहरु हाे आईसाेलेसनमा छन् । नजिकिदाे चाडबाडका कारण मानिसहरुकाे चहलपहल बढिरहेकाे छ, बजारमा महंगी बढेकाे,जुनसुकै बस्तुमा मुल्य बृद्धि भएकाे छ, शैक्षिक संस्था लामाे समयदेखि बन्द छ,तर बिद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । महामारी कै बिचमा स्वास्थ्य सुरक्षाकाे तयारी बिनै परिक्षा गराउने भनिएकाे छ ।

तसर्थ : सरकार,
जनताकाे स्वास्थ्यका बारेमा बिशेष कदम तयारी गरियाेस, बजार महंगी नियन्त्रण गरियाेस,
चाडबाडका बेला बिपन्न समुदायलाई राहत प्याकेजकाे ब्यवस्था गरियाेस, मनपरी शुल्क उठाउनेलाई कारबाही गरियाेस,साथै हचुवाकाेभरमा नभई स्वास्थ्य सुरक्षा सम्बन्धी आवश्यक तयारी गरेर मात्र सबै तहका परिक्षा सञ्चालनकाे वातावरण मिलाईयाेस ।

Similar Post You May Like