सिन्धुपाल्चोक जिल्लाका गुम्बाहरु पुनर्निर्माण गर्न पुर्ब मन्त्री डा. ल्यारक्याल लामाकाे पहल

October 17, 2020      Views: 373  

काठमाडौ । पुर्ब अर्थ राज्य मन्त्री तथा संविधान सभा सदस्य डा. ल्यारक्याल लामाकाे बिषेष पहलमा महाभूकम्प गएको करिब ५ वर्ष पछि सिन्धुपाल्चोक जिल्लाका गुम्बाहरु पुनर्निर्माण  हुने भएकाे छ। सिन्धुपाल्चोक जिल्लाका एेतिहासिक तथा पुरातात्त्विक महत्त्वका गुम्बाहरु निर्माण हुने भएकाे हाे ।

काठमाडौमा एक कार्यक्रम अायाेजना गर्दै पुर्ण नीर्माणबारे डा. ल्यारक्याल लामाले जानकारी दिए ।

उनले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका १ र २ अन्तर्गत रहेका चिरी गुम्बा, मिलम्छिम गुम्बा, तर्केघ्याङ गुम्बा सेर्माथाङ गुम्बा, त्यसै गरि मेलम्ची नगरपालिका अन्तर्गत, रहेका सुलिकोट गुम्बा, भोटेकोसी गाउँपालिका १ लिस्ती पाउ गाउँका गुम्बाहरुका पुनःनिर्माण हुने बताए ।

म बाचुन्जेल गुम्बाहरु निर्माण गर्ने छु , हाम्रो धर्म संस्कृति परम्परालाई जाेगाई राख्ने छु , डा. लामाले भने । कार्यक्रममा बाेल्दै मेराे निरन्तर प्रयासले अब गुम्बाहरु निर्माण हुने भएको छ म धेरै खुसि छु , मेराे साथ सहयाेग सदैव हुने छ उनले भने ।

उक्त कार्यक्रममा गुम्बा पुर्न निर्माणका लागि सहयोग गर्नु हुने मित्र राष्ट्र भारत सरकारका अधिकृत पारमिताुलाई भगवान् बुद्वकाे मुर्ति उपहार प्रदान गर्नुका साथै खाता ओढाइ सम्मान गरिएकोथियो ।

कार्यक्रममा पूर्व कानुनमन्त्री तथा माननीय सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद निमा लामा, शहरी विकास मन्त्रालयका निर्देशक काेषनाथ अधिकृत श्याम सिह, नरेश लगाएत विभिन्न गुम्बाका लामाहरुकाे उपस्थिति रहेकाे थियाे ।

Similar Post You May Like