काठमाडौं उपत्यकामा आज थपिए २ हजार ३८८ कोरोना संक्रमित

October 19, 2020      Views: 81  

काठमाडौँ । काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २००८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जनामा कोरोना संक्रमण देखिएको हो । आइतबार मात्र उपत्यकामा १ हजार ६९८ जनामा कोरोना पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ३६ हजार ६ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ९४ हजार ५०१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ३३५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ ।

Similar Post You May Like