कोरोना संक्रमितहरुको निशुल्क उपचार गर्न सरकारलाई अनुरास्ववियूका सह-संयाेजक तामाङकाे अपिल

October 19, 2020      Views: 552  

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयाेजक रन्जित तामाङले कोरोना परिक्षण सहित संक्रमितहरुको निशुल्क उपचार गर्न सरकारलाई आग्रह गरेका छन् ।

जनताले निर्वाचित गरेर भिआईपि बनेकाहरु संक्रमित हुदा पाचतारे होटलको आईसोलेसनमा तर तिनै जनता संक्रमित हुदा आफै उपचार गर्नु पर्ने भन्ने कुरा न्यायसंगत हुन्छ र ? भन्दै सहसंयाेजक तामाङले सरकार समक्ष प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् , सरकार, कोरोना परिक्षण सहित संक्रमितहरुको निशुल्क उपचार गरियोस । जनताले निर्वाचित गरेर भिआईपि बनेकाहरु संक्रमित हुदा पाचतारे होटलको आईसोलेसनमा तर तिनै जनता संक्रमित हुदा आफै उपचार गर्नु पर्ने भन्ने कुरा न्यायसंगत हुन्छ र ?

जनताले तिरेको कर बटुलेर आसेपासे,तिनै भिआईपिलाई भत्ता दिने तर महामारीको संकटमा संबैधानिक हक पनि अनुभुत गर्न नपाउने हुन्छ र?? आखिर राज्य केका लागी ? सरकार र जनताको सम्बन्ध ‘नङ र मासु’ जस्तो हो कि,! ”मालिक र दास जस्तो हो ??” कि निरंकुश समयका राजा र रैति जस्तो हो ? जनतालाई भ्रमित हुन नदेउ । जनता आफैले लडेर स्थापित गरेको ब्यवस्थाबाट निरास भई मन्दिर,मस्जिद र गुम्बामा पुगेर टाउको ठोकेर रुने दिन आउन नदेऊ सरकार । #समय बलवान छ

Similar Post You May Like