कार्यकारी अध्यक्षले औपचारिक बैठक बसेर पार्टीलाई बिधि र बिधान अनुरुप सञ्चालन गर्नुपर्छ : रन्जित तामाङ

November 6, 2020      Views: 208  

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक बैठक बसेर पार्टीलाई बिधि र बिधान अनुरुप सञ्चालन गर्नु पर्ने अवस्था सिर्जना भएको बताए ।

एकता प्रकृयालाई पुर्णता र निर्धारित मितिमा महाधिवेशनको तयारी गर्दै, पार्टी नेतृत्वको सरकारबारे गम्भिर समिक्षा गरिनु पर्ने समेत बताए । ‘अब पार्टी र सरकारमा देखिएको स्वेच्छाचारीता अन्त्य गर्न सचिवालयले स्थायी समिति हुदै केन्द्रिय समितिको बैठक बोलाईनु पर्छ’  सह-संयोजक तामाङले भने ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् कार्यकारी अध्यक्षले पार्टीको अनौपचारिक बैठक मात्र होईन,अब औपचारिक बैठक बसेर पार्टीलाई बिधि र बिधान अनुरुप सञ्चालन,एकता प्रकृयालाई पुर्णता र निर्धारित मितिमा महाधिवेशनको तयारी गर्दै, पार्टी नेतृत्वको सरकार बारे गम्भिर समिक्षा गरिनु पर्छ ।

अब पार्टी र सरकारमा देखिएको स्वेच्छाचारीता अन्त्य गर्न सचिवालयले स्थायी समिति हुदै केन्द्रिय समितिको बैठक बोलाईनु पर्छ । बैठकबाटै सबै कुराको छिनाफानो गरिनु पर्छ । कम्युनिष्ट पार्टीको नेता बन्ने तर बैठक नबस्ने,बैठकमा सहभागी नहुने तर स्वेच्छाचारी गतिबिधि गरिरहने । बैठकमा जबाफ दिनुपर्दा दुखी हुने तर एकतर्फी निर्णय गर्न पाउदा रमाउने तरिका पुर्णतया गलत छ । यसर्थ पार्टीलाई “पाटीु” जस्तो हुन नदिन नेतागणहरुमा अनुरोध छ ।

Similar Post You May Like