नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

November 11, 2020      Views: 54  

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ५६९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६६६ ना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ६२ हजार २४३ जना स‌ंक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोनाबाट थप २६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १७४ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ । क्वारेन्टिनमा १ हजार १०९ जना रहेका छन् ।

Similar Post You May Like