मुख्यमन्त्री पोखरेल ज्यू सत्य बोल्नुुुुुुहाेस् , हिम्मत भए ओलीलाई सच्यानुहाेस् : नेता भण्डारी

November 14, 2020      Views: 281  

काठमाडौं । नेकपाकाे अान्तरिक विवाद चलि रहेकाे बेला नेकपाका स्थायी कमिटी सदस्य एवम् लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यतिबेला पार्टी एकता गम्भिर मोडमा पुगेको बताएका छन् ।

उनले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको लिखित प्रतावले स्थिती गम्भिर बनेको उल्लेख गरेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका निकै विश्वास पात्र मानिएका पोखरेलले एकताको रक्षाका लागी बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफलाई अगाडी बढाउन समेत अनुरोध गरेका छन् । सचिवालयको बैठक पछि पोखरेलले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत साे कुरा बताएका हुन् ।

उनकाे यस्ताे अराजक प्रकारकाे बिचारप्रती यति बेला नेकपाका शिर्ष नेता देखि कार्यकर्ताहरु सम्मले चर्को रुपमा अालाेचना गरेका छन् । यसै गरी अनेरास्ववियूका नेता तिलकराज भण्डारीले मुख्यमन्त्री पोखरेलकाे अभिब्यक्तिप्रती कडा रुपमा अालाेचना गरेका छन् । नेता भण्डारीले पोखरेललाई सत्य बोल्न र हिम्मत भए ओलीलाई सच्चिन अनुरोध गर्न अपिल समेत गरेका छन् ।

मुख्यमन्त्री पोखरेलको भनाईलाई खण्डन गर्दै उनले सामाजिक सञ्जालमा भनेका छन् अध्यक्ष केपी शर्मा अाेलीले पार्टी एकताकाे मर्म र स्थायी समितिकाे निर्णय विपरित मनपरी गर्दा र बाेल्दा समेत रक्षाकवजकाे भुमिका खेल्ने अनि अध्यक्ष प्रचण्डले सचिवालयकाे बैठकमा लिखित प्रस्ताव पेस गर्दा पार्टी एकता गम्भिर माेडमा पुगेकाे कुरा गर्ने नेता शंकर पाेख्रेल पनि गुटकाे संकुचित घेराभन्दा माथि नउठेका नेता रहेछन् भन्ने कुरा कार्यकर्ताले अनुभुति गरेका छन् । सत्य बाेल्ने हिम्मत छ भने प्रचण्डलाइ प्रस्ताव फिर्ता गर्न हाेइन केपी अाेलीलाइ सच्चिन अनुराेध गर्नुहाेस् ।

Similar Post You May Like