पटाकामा नै किन तर्सिएको हो ? सरकारी कमरेड ?

November 15, 2020      Views: 307  

काठमाडाै । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) लामो समय देखिको बिबाद साम्य हुन नसक्दा थप पेचिलो बन्दै गएको छ ।बिबादको मुल कारणबारे नेताहरु जानकार हुँदा हुदै पनि प्रत्येक बिवाद कहिले सम्झौता त कहिले निर्णय बिहिन हुने गरेको छ ।

बहस र छलफल भन्दा ब्यक्तिबाद हाबि हुँदा नेकपा सचिवालयले खास निकासा दिन नसकेको नेकपाका नेताहरु बताउछन् ।

सरकार आफ्नै रबैयामा चल्नु जनताका तमाम समस्या जस्ताकाे तस्तै रहनुले सरकार र पार्टि माथि नै नैतिक संकट देखा पर्न थालेको छ। नेकपाको मुल स्प्रिट र सामाजिक न्याय सहितको समाजवादको यात्रामा अहिलेको कदमले कहाँ पुगिएला ? लामो बिबाद र खिच्चातनि बिच केही दिन अघि बसेको सचिवालय बैठक पनि अर्को बैठक  मंसिर ३ गते बस्ने गरि सकिएको छ । यस्तो प्रक्रिया लामो समयदेखि देखिनुले पार्टिमा बहस, बिचार र नितिको खडेरि त परेको छैन ?  पुंजिबादि ब्यबस्थामा यो हर्कत देखिनु र कम्युनिष्ट पार्टि भित्रै कता कता केहि नेताहरु यसको मलजल गर्नुले सङ्का उपसन्काहरु उब्जिएका छ्न् ।

यहि परिबेशलाई कडा ब्याङ्य गर्दै अनेरास्ववियूका सहसंयाेजक रन्जित तमाङले सामाजिक संजाल फेसबुकमा  पटाकामा नै किन तर्सिएको हो ? सरकारी कमरेड ? भन्दै प्रश्न गरेका छन्।

उनले भनेका छन् , सचिवालय बैठकमा पेश भएको त दस्तावेज थियो,
तर धमाका त तिहारमा यत्रतत्र पड्किएको पटाका झै भैदियो ।
पटाका मा नै किन तर्सिएको हो ? सरकारी कमरेड ??

Similar Post You May Like