स्वदेश फर्किए चिनियाँ रक्षामन्त्री

November 29, 2020      Views: 94  

काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे एकदिने नेपाल भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन् । आइतबार साँझ एयर चाइनाको विमानमार्फत उनी फर्किएका हुन् ।

२० सदस्यीय डेलिगेशन टिमसहित नेपाल आएका फेंग्हेलाई बिदाई गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

चिनियाँ रक्षमन्त्री फेंग्हेले प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

Similar Post You May Like