मदन भण्डारी फाउन्डेसनको छातामुनि रहेर गुट भेला गर्दै ओलि समुह, मोरङको भेलालाई सम्बोधन गर्न काठमाडौंबाट पुगे बास्कोटा

December 12, 2020      Views: 522  

संदिप लुइटेल
काठमाडौं । पछिल्लो समय नेकपामा देखिएको अन्तरविरोध तल्लो तहसम्म पुगेको छ । प्रधानमन्त्री एवं प्रथम अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र अल्पमतमा परेपछि उनीनिकट नेताहरूले छुट्टै भेला र प्रशिक्षण दिन थालेका छन । मदन भण्डारी फाउन्डेसनको छातामुनि रहेर उक्त भेला आयोजना गर्ने गरिएको छ ।

ओलि समुहले शनिबार मोरङमा शक्ति प्रदर्शनसहित युवाहरुको भेला गरेको हो । विराटचोकमा भएको भेलालाई काठमाडौंबाट मोरङ पुगेर पूर्वमन्त्री गोकुल बास्कोटाले सम्बोधन गरेका थिए ।
यसअघि प्रदेशस्तरमा हुने गुट भेलालाई केन्द्रीय नेताले सम्बोधन गरिएको थिएन ।

गत सोमबार विराटनगरमा प्रदेशस्तरीय विद्यार्थी भेला आयोजना गरेको थियो, जसलाई प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सम्बोधन गरेका थिए ।

लगातार पाटिलाई संकटमा पार्ने गरी भेला हुन थालेपछि एकताको पक्षमा नेपाल र प्रचण्ड पक्षल पनि झापाको दमकमा विद्यार्थीको प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीको गृह नगरमा आयोजना आइतबार गरिने भेलालाई विद्यार्थीका केन्द्रीय नेतृत्व र प्रदेशका एक मन्त्रीले सम्बोधन गर्नेछन् ।

ओली पक्षको भेला गोप्य भएपनि नेपाल र प्रचण्ड पक्षको कार्यत्रलम खुला हुने अनेरास्वीयूका नेता वसिम आलमले बताए । ‘उहाँहरु गोप्य भेला गर्दै हिँड्नुहुन्छ । हामी खुला रुपमा केन्द्रीय नेतृत्वलाई दबाब दिन चाहान्छौं’ उनले भने, ‘हाम्रो भेलाको एउटै उदेश्य एकताप्रति केन्द्रीय नेतृत्वलाई दबाब दिनु हो ।’

यस्तै मंगलबार विराटनगरमा शक्ति प्रदर्शन गर्ने तयारी छ । विराटनगरमा विद्यार्थी र युवाहरुको जिल्ला स्तरीय भेला आयोजनाको तयारी गरेको हो ।

यसअघि प्रधानमन्त्री ओलीले १९ कात्तिकमा प्रदेश १ का आफू निकट नेताहरुको गुटगत भेला आयोजना गरी ‘जनताको बहुदलिय जनबाद’को बहस वडासम्म बनाउन निर्देशन दिएका थिए । २७ कात्तिकमा इटहरी ४ मा मदन भण्डारी फाउण्डेशनले प्रदेश कार्यायल नै खोेल्यो । त्यसको काउन्टरमा नेपाल र प्रचण्ड पक्षका नेताले १० मंसिरमा इटहरीमा प्रदेशस्तरीय भेला गरेका थिए ।

Similar Post You May Like