बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोटेश्वरबाट एक पक्राउ

February 14, 2021      Views: 163  

काठमाडौं । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर नगरपालिका-५ घर भएका २१ वर्षीय दिपेन्द्र मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

Similar Post You May Like