आमसञ्चार भित्र छिरेको प्रतिगमन

February 16, 2021      Views: 290  

पार्वती खड्का

‘हामीलाई आन्दोलनमा गएको फोटो बाहिर आयो भने संस्थाले कार्वाहि गर्छ ।’ सरकारी सन्चारमाद्यममा कार्यरत एकजना स्थायी कर्मचारीले मलाई सुनाएका यि शब्दहरुले पत्रकारको रोजीरोटी राज्यले धरापमा पारेको देखिन्छ । केहि समय अगाडि राष्ट्रिय दैनिक कान्तीपुर र नागरिकका पत्रकारहरुलाई प्रधानमन्त्रीको कार्यक्रममा रिपोर्टिङगका लागी जाँदा फर्काइएको थियो । यहि विषयलाई लिएर पत्रकार महासंघले बिरोध जनाउदै विज्ञप्ती समेत निकाल्यो । त्यस्तै नारायणहिटिमा प्रधानमन्त्रीको सभामा सरकारी मिडिया दूरुपयोग गरियो । यतिमात्र होइन प्रधानमन्त्री स्वयंमले पत्रकारहरु बोलाएर स्कुलीङ गरिसकेका छन् ।

रासस, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजन राज्यको ढिकुटीबाट सन्चालीत छन् । जनताले तिरेको करबाट त्यँहाका कर्मचारीले तलब खान्छन्, तर दुखको कुरा त्यहि संस्था भने स्वायत्त भएर जनताको लागि काम गर्न सकिरहेको छैन् । राससले सरकारका कार्यप्रगतीभन्दा बाहेकको समाचार लेख्दै लेख्दैन् । अझ अहिले त राससले कर्मचारी सरुवाबढुवाको चाँजो पाँजो पनि मिलाइसकेको छ । हुनत रेडियो नेपाल गोरखापत्र र नेपाल टेलिभिजन लगायतका संस्थाहरुले सरकारको भजन गाँउदै आएका् हिजो–आज मात्र होइन् र यो कुनै अनौठो पनि होइन । आमसन्चार माद्यम आफैमा सेवामुलक संस्था हो । यसमा कार्यरत पत्रकारहरु व्यापर होइन समाजका लागि काम गर्छन् । पत्रकार आचारसंहितामा पनि सामाजिक उत्तरदायित्वको कुरा गरिएको छ ।

अन्तराष्ट्रिय मुलुकहरुमा पनि पत्रकारीता समाज प्रती उत्तरदायि भएर काम गरिरहेका हुन्छन् । नेपालको सन्दर्भमा संबिधान र गणतन्त्र जनताको फैसला हो । संसद बिघटन गर्नु, राज्यको ढिकुटीबाट भडकीलो खर्च गर्नू भनेको जनताको फैसलामाथी प्रधानमन्त्रीको ठाडो हस्तक्षेप हो । बिधि र नियम भन्दा कोहि पनि माथि हुन सक्दैनन् ।

आमनागरिकहरुले सरकारको गलत प्रोपोगाण्डा र आमसन्चारमाथी अंकुश लगाउने कार्यको चौतर्फि निन्दा गरेको सर्वविदितै छ । शाशक तानाशाहि भयो भने उसको पहिलो काम गलत प्रचार अर्थात प्रोपोगाण्डा तिर लाग्नु हुन्छ । यसको उदाहरणका लागि अमेरिकी पुर्व राष्ट्रपती डोनाल्ड ट्रम्पको गुण्डा शैली हेरे मात्रै पुग्छ । उनले मिडियाको खुब खेदो खन्छन् ।

कोरोना भाइरसको प्रेस ब्रिफिङमै पत्रकारहरुसंग निँहु खोज्दै आक्रामक शैलीमा बोल्ने उनको आद्धत हो । जे होस शाशक हुनुको दम्भ देखाउन जान्ने छन् । एकजना लेखकले भनेकि थिइन दिस इज द ब्लन्डर मिस्टेक इल प्रसिडेन्टल हिस्ट्रुी अर्थात प्रधानमन्त्रीको इतिहाँसमा सबैभन्दा ठुलो गल्ती भनेकि थिइन् । हाम्रा प्रधानमन्त्रीले पनि एकाएक आफुलाई गलत प्रचारबाजीमा उतारिरहेका छन् । नेपालमा सरकारी सन्चारमाद्यमको रिमोट सरकारसंग हुने गर्छ ।

प्रेशजगत समाजको ऐना भनिन्छ तर यँहा ठिक विपरित अभ्यास भइरहेको छ । यहि कुरालाई लक्षित गर्दै प्रेश संगठन प्रदेश कमिटिले आइतबार ‘प्रतीगमणका बिरुद्ध आमसन्चारको भुमीका विषयक’ अन्र्तक्रियात्मक कार्यक्रम गरेको थियो । कार्यक्रममा अग्रज पत्रकार दृष्टी साप्ताहिकका सन्चालक शम्भु श्रेष्ठले पत्रकारहरुलाई निगरानीमा राख्ने सरकारी सन्चारमाद्यमलाई पार्टिको मुखपत्र बनाउने सरकारको रबैयाको विषयमा खुलेर आलोचना गरेका थिए ।

आदीवासी पत्रकार महासंघ फोनीजका अध्यक्ष दण्ड गुरुङ, सुरोजँग पाण्डे, क्रान्तीकारी पत्रकार संघका उपाध्यक्ष जन्मदेव जैसी लगायतले सरकारी प्रतीगमणका विरुद्धमा आफुहरु सशक्त भएर लाग्ने बताए । आमसन्चार क्षेत्रले प्रतिगमणको चिरफार गर्न सक्नुपर्छ भन्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको आयोजक टिमका तर्फबाट बिरेन्द्र ओलीले बोले । प्रतिगमणको बिरुद्धको बिरोध यो एक सानो नमुना मात्र थियो । यस्ता ठुलो संख्यामा पत्रकार र आमसन्चारमाद्यम अहिले सरकारको बिरुद्धमा छ । पत्रकारहरु चाहेर पनि प्रतिगमण हो भन्न सकिरहेका छैनन् । यसको पछाडि कतै जागिरेहरुको बाध्यता छ त कतै चाँहि पेशागत शुरक्षाको सवाल छ । यो अवस्थालाई पत्रकारीताको भाषामा स्पाइरल साइलेन्स अफ थ्योरी पनि भनिन्छ । शाशकको प्रतिगमणको विरुद्ध बोल्न लेख्न बिरोध गर्न मन छ तर विभिन्न कुराहरुको मनमा डर हुन्छ ।

Similar Post You May Like