ओलीका प्रीय छोराहरु देशका अप्रीय !

February 22, 2021      Views: 259  

पार्वती खड्का
‘जैसि संगत होती है वैसा स्वभाव बन्ता है’ अर्थात संगत जस्तो बन्यो स्वभाव पनि उस्तै बन्दै जान्छ । जिवनमा संगत धेरै महत्वपुर्ण किस्सा हो । संगतले सबथोक बिर्साउछ र संगतले सबथोक दिलाउछ पनि । नेपालीमा एउटा अहान छ ‘संगत गुणाको फल’ बा घरका आइडल पर्सन हुन् । बाले जतिसुकै झुत्रो लगाउन, बा जतिसुकै गरिब हुन् बाको काम राम्रो लाग्छ आफना असल सन्तानलाई । घर समाज भित्रका यस्ता साना कुराहरुले पनि राजनितीक वृतमा ठुलो अर्थ राख्दोरहेछ । बाले आफना छोारहरुलाई केटोको भाष प्रयोग गर्नेगरेका छन् । यहि शब्दले योगेश भटटराइलाई सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका थिए । योगेश भटटराइले प्रधानमन्त्रीको स्त्तरहिन टिप्पणी र शब्द प्रति आपत्ती जनाउदै खण्डन गरेका थिए । केटो शब्दले चाँहि अलि अलि टोले गुण्डाहरुले पनि प्रयोग गर्छन् । अहिले राजनितीको तात्तो बहस ओलीको उनै ‘केटो’को क्षेत्र पुर्वतिर केन्द्रीकृत छ । शेरधन राई प्रदेश १ का मुख्य मन्त्री हुन् । उनलाई मुख्य मन्त्री बनाउने उनै ‘बा’ प्रधानमन्त्री ओली हुन् । बाको जस्तै उनको पनि राजनितिक छबि धमिलो भएको छ । अहिले शेरधन राईलाई अविश्वाशको प्रस्ताब ल्याएर हटाउने निर्णय गरिएको छ ।

यसको प्रतिवादमा फेरि पनि मुख्यमन्त्री राईले भने अविश्वाशको प्रस्ताव दर्ता गराए प्रदेशशभा भंग गर्ने चेतावनी दिएका छन् । यो उनको आफनै शैली होइन् । उनका धर्मे ‘ब’ा अर्थात केपी शर्मा ओलीको सिको हो । आफुलाई कसैले आलोचना गरेको मन नपराउने ओलीको शैलीलाई छोरा शेरधनहरुले भने राम्रोसंग पछयाएका छन् । ओली पक्षका सांसदहरुले बैठक बहिष्कार गर्दै आएका छन् । त्यसो त अर्का नेता बास्कोटा पनि ओलीको चरित्रसंग मिल्दोजुल्दो काम गर्दै आइरहेका छन् । ओली थुनामा हुँदा यिनै छोराहरुले राजबन्दी रिहाई गर भनेर भित्ता रग्ंयाउने गर्थे ।

अहिले यि छोराहरुलाई भष्ट्रचारको दाग लाग्दा ओली बाले टुलटुल्ती हेरेर बस्नुका कारणहरु नगण्य मात्रामा लुकेका होलान् । उतिबेला ओलीका नोट अफ डिसेन्टहरु बास्कोटा मार्फत बाहिरिने गथ्र्याे । तत्कालिन बागमती अन्चलमा कैलाश ढुगेंल माधब ढुगेंल गोकुल बास्कोटा केपीका पकेटका खास मान्छे थिए भने मेचीमा डोरमणि र शेरधनहरु दायिना थिए । गोकुल बास्कोटाको घर सानो भयो भनेर ओलीले आफनै निवासमा राखेर बास्कोटालाई काखि च्यापेका छन् । यो त भयो छोराहरुको कुरा ।
अब लागौ प्रधानमन्त्री ओली बाको चर्चातिर । प्रधानमन्त्री ओली नेकपाको बैठकमा बिरलै मात्रै सहभागि हुन्थे, अझ भनौ उनले आफनो बारेमा फरक मत राख्नेहरुसंग टाढिरहे । आफनाहरुलाई तिखो व्यग्य र उखान टुक्काले चिढयाइरहे । उनले नेकपाका नेताहरु प्रचण्ड माधव र झलनाथहरुको कुरै सुन्न चाहदैनन् । प्रचण्ड माधब समुहको सानो असन्तुष्टीलाई पचाउन नसकेर अन्तत संसद बिघटन गरेरै छाडे । ओलीले आफनो एकलौटि निर्णयको बन्दीमा नेपाली जनता र सिंगो नेपालको राजनैतिलाई शिकार बनाए । बास्कोटा शेरधनहरुले प्रधानमन्त्रीलाई खुलेरै समर्थन मात्रै गरेनन् । उनको यो शैलीको सिको पनि गरिरहेका छन् ।

सरकारी तलब भत्ता खाएर आफनो दलका नेताहरुलाई गालीगलौजमा उत्रेर २ महिना खर्चिसके र पनि थोकेका छैनन ओली ‘बा’ । ओलीले कुनै पनि आत्मग्लानी देखाएका छैनन् । सर्वाजनिक कार्यक्रममा समकक्षिहरुको कटु आलोचना गरेर जनता हंसाउछन् । यतिसम्म कि अहिले उपराष्ट्रपती र सभामुख लगायतलाई सार्वजनिक कार्यक्रममै हकारपकार पारेर बोलिरहेका छन् । एउटा देशको प्रधानमन्त्री यति आक्रामक हुनुमा र गैरसंबैधानिक काममा उत्रिन के उनको एक्लो हैसियतले भ्यायो होला त? शंका गर्ने धेरै आधारहरु छन् । काँग्रेसका नेता गगन थापाले त एक कार्यक्रममा देउवा र ओलीको सेटिङको शाशन चल्न दिदंैनौ भनिसकेका छन् । उनको यो अभिव्यक्तीले प्रधानमन्त्रीले कुन शक्तिको खोल ओढेका हुन भन्ने अनुमाण लगाउन सकिन्छ । त्यसो त गगन थापाले लगाएको आरोप झुठ हो भनेर प्रमाणित गर्ने आधार प्रधानमन्त्री संग के छ त?

हुन पनि प्रधानमन्त्रीको पक्षमा अभिव्यक्ती दिदै आएका काँग्रेस नेता शेर बहादुर देउवाको अभिव्यक्तीहरु छेपारोले रंग फेरे झै फेरिरहन्छन् । कहिले प्रधानमन्त्रीले संसद बिघटन गर्नु हुदैनथ्यो भन्ने , कहिले चुनाब भयो भने नेपाली काँग्रेसले भाग लिन्छ भन्ने यो दुइवटा चरित्र निभाउने ओली र देउवाको राजनितीक चरित्र दुरुस्तै छ । आफना आलोचकहरुसंग डिप्लोम्याटिक बन्न नजान्ने देउवा र ओली फरक पार्टिका नेता हुन् तर व्यवहार र शैली एउटै छ । बिबिसीको साझा सवाल कार्यक्रममा एकजना प्रश्नकर्तासंग झोक्कीएको क्लीप्स सामाजिक सन्जालमा खुब भाइरल भएको थियो । लेखकको आशय राजनितिक संस्कार सहि भएन भने समग्र मुलुकले धोका पाउछ भन्न खोजेको हो । यँहा कुनै आग्रह पुर्वाग्रहको सवाल उठाउन खोजिएको छैन् । गगन थापा सच्चा नेता हुन् उनको बौद्धिकता अथाहा छ । उनको तार्किक शैलीले कुनै न कुनै अर्थ दिइरहेको हुन्छ । उनको कुरालाई शतप्रतिशत मान्नेहरुले काँग्रेसको बुइ चढेर ओलीले संसद भंग गरेको भन्न पाउलान् ।

गगन थापाको व्यग्ंयले यहि कुराको चिरफार गरेको देखिन्छ । काँग्रेसले ओली पक्षलाई मौन सर्मथन गरेको छ । यि सब फेहरिस्तले ‘आमा नै गतिलो छैन के मान्थ्यो छोराले भनेको’ भन्ने पशुपती शर्माको गित सम्झायो । वास्तवमा आमा बा गतिलो नभएको घरमा छोराछोरि अधोगतितर्फ लागेका हुन्छन् र दुख पाएकै हुन्छन् । नेपालमा राजनितिक संस्कार फेरिन जरुरि छ । नातावाद कृपावादबाट माथी उठन आवश्यक छ । समाजको सानो अंश राजनितिको ठुलो घेरामा पनि दौडिरहेको हुन्छ ।

Similar Post You May Like