मकवानपुरमा १६ वर्षीया किशोरी बलात्कृत

February 22, 2021      Views: 75  

मकवानपुर । मकवानपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईन्द्रसरोबर गाउँपालिका-५ बस्ने ३२ वर्षीय निङमा लामालाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फाखेल मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ती किशोरीलाई गत मंसिर २९ गते राति लामाले उनकै घरमा जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

Similar Post You May Like