अख्तियारले दवाएका भ्रष्टाचारका फाइल उधिन्दै राष्ट्रिय सतर्कता केन्द्र

February 25, 2021      Views: 93  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही नगरि तामेलीमा राखेका भ्रष्टाचारका मुद्धाहरुमाथि राष्ट्रिय सर्तकर्ता केन्द्रले छानविन गरि कारवाही प्रकृया अगाडि बढाएको छ । अख्तियारमा परेका उजुरी छानबिन नगरि दवाई पछि सतर्कता केन्द्रले चासो देखाउन थालेको हो । त्यसैक्रममा भुकम्प पछि भईरहेको पुर्ननिर्माणको काम गरिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा भैरहेको भ्रष्टाचारको प्रकरणको छानविन गरि दोषि माथि कारवाही प्रकृया अगाडि बढाएको छ ।

अख्तियारमा परेको उजुरी छानविन नगरिएपछि उजुरीकर्ताले केन्द्रमा पनि उजुरी दिएका थिए । त्यही आधारमा केन्द्रले छानविन अगाडि बढाएको थियो ।

पहिलो चरणमा प्राधिकरणले केही वर्ष अगाडि डेस्कटप कम्प्युटर र ल्यापटप खरिदमा मात्रै ५० लाख भन्दा बढी भ्रष्टाचार भएको पुष्टि गर्दै सर्तकता केन्द्रले कारवाही प्रकृया अगाडि बढाएको छ । यो भ्रष्टाचार काण्डमा प्रत्यक्ष मुछिएका कांग्रेस नेता तथा प्राधिकरणका तत्कालिन प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द राज पोख्रेल भने देउवामार्फत सतर्कता केन्द्रका अधिकारीहरुलाई दवाव दिन थालेका छन् । देउवाको नाम लिंदै कारवाही अगाडि नबढाउन दवाव दिएपछि केन्द्रका अधिकारीहरु तनावमा परेका छन् । ‘देउवा प्रधानमन्त्री नहुंदै त यस्तो हालत छ, अब फेरि प्रधानमन्त्री बन्ने चर्चा छ, उनी प्रधानमन्त्री भए पनि अवस्था के होला ?’ केन्द्रका एक अधिकारी भन्छन् ।

स्रोतका अनुसार पोख्रेल प्रमुख कार्यकारी अधिकृत हुंदा प्राधिकरणले ३५ थान ब्रान्डेड डेस्कटप र २२ थान ल्यापटप खरिद गरेको थियो । त्यसको लागि म्याक्स इन्टरनेशनल काठमाडौं, एसपी इन्टरप्राइजेज बबरमहल, दी वेभ्स ग्रुप ट्रेडिङ प्रालि, लैनचौर, ग्लोबल लिन्क टेक्नोलोली, वल्र्ड डिष्ट्रिव्युसन प्रालि, कान्तिपथ र अरोमा इन्टरप्राइजेज, घट्टेकुलो गरी ६ फर्मले कोटेशन भरेकोमा सबैभन्दा कम मूल्य अंकित गरेको भन्दै म्याक्स इन्टरनेशनलमार्फत गरिद गरिएको थियो ।

कम मूल्य अंकित गरिए पनि तोकिए अनुसारको गुणस्तर र मापदण्डका नभई निकै कम गुणस्तरका ल्यापटप र डेक्सटप उपलब्ध गराइएको थियो ।

‘कम्प्युटर र ल्यापटप खरिदसम्बन्धी बोलपत्रमा तोकिएको स्पेसिफिकेशन बमोजिमको सर्त र मालसामान स्वीकार गर्दाको सर्त फरक पर्न आएको देखिएकाले यी दुईका बिचमा भएको फरक रकम कम्प्युटर/ल्यापटप आपूर्तिकर्ताबाट असुलउपर गर्न र आगामी दिनमा स्पेसिफिकेसनमा उल्लेखित मालसामान मात्र स्वीकार्न निर्देशन दिने निर्णय गरियो,’ उक्त प्रकरणको छानविन प्रतिवेदनमा केन्द्रले उल्लेख गरेको छ । यसमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत पोख्रेलको साथै प्राधिकरणका इन्जिनियर हरिप्रसाद पोखरेल मुख्य दोषि रहेको केन्द्रको ठहर छ । स्मरण रहोस् प्राधिकरणका तत्कालिन प्रमुक कार्यकारी अधिकृत डा. पोख्रेल २०७४ को आम चुनावमा नेपाली कांग्रेसको तर्फबाट प्युठानबाट उम्मेद्वार भएका थिए । प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएर चुनाव लडेपनि उनी पराजित भएका थिए ।

ज्ञवालीमाथि पनि छानविन
सतर्कता केन्द्रले प्राधिकरणका वर्तमान शुशिल ज्ञवालीसंग सम्वन्धित उजुरीहरुमाथि पनि छानविन गरिरहेको छ । ‘छानबिन चलिरहेकोले अहिले नै सबैकुरा भन्न मिल्दैन तर प्राधिकरणसंग सम्वन्धित करिब एक दर्जन उजुरीहरुमाथि छानबिन भैरहेको छ’ केन्द्रका एक अधिकारीले भने ।

Similar Post You May Like