मेस्सी चम्किँदा बार्सिलोनाको जित

February 25, 2021      Views: 109  

काठमाडौँ । कप्तान लियोनल मेस्सी चम्किँदा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३-०ले स्तब्ध बनाएको हो ।

खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । घरेलु मैदानमा ४८ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ६८ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यसपछि ७३ औं मिनेटमा जोर्डी अल्बाले गोल गर्दै बार्सिलोनालाई ३-०को सहज जित दिलाए।

जितसँगै बार्सिलोना २४ खेलमा ५० अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ ‌।  एक खेल कम खेलेको सेभिल्ला ४८ अंकसहित चौथोमा छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ५५ अंक छ । पराजित इल्चे भने २१ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

Similar Post You May Like