अमित सुनारको शब्दमा ’पिरको पोको’ भिडियो गीत बजारमा

February 26, 2021      Views: 293  

काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेका छन्। एकपछि अर्को गीत बजारमा आउने क्रम पनि उत्तिकै छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन्।

मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिक जसो बजारमा आईरहेका छन्। सोहि क्रममा सर्जक अमित सुनारको शब्दमा ’पिरको पोको छ’ गीत बजारमा आएको छ। गीतमा गायक तथा सर्जक खेम सेञ्चुरी र गायिका सुनिता बुढाथोकीले आवाज भरेका छन्।

अभिनयमा समेत प्रस्तुत भइरहेका अमितलाई बिना बिश्वकर्माले साथ दिएकी छिन्। अमित र बिनाले गीतलाई जीवन्त अभिनयले प्रस्तुत गरेका छन्। गीतमा आफनो घर श्रीमतीलाई छोडेर प्रदेशमा भोग्नु परेका दुःखलाई अभिनयमा उतारिएको छ।

अमितकै शब्द रहेको गीतमा सुरज लामिछानेको लय रहेको छ। संगीत समायोजन बिनोद बाजुरालीले गरेका छन भने गीतको छायांकन करन चैसीरले गरेका हुन्। यस गीतमा कथा निर्देशन बिशाल घिमिरेको रहेको छ।

(भिडियो सहित)

Similar Post You May Like