बिशाल तिमल्सिनाको “सानी” गजल भिडियो सार्वजनिक

काठमाडौँ । गजलमा केही फरक गर्ने प्रयास स्वरुप विशाल तिमल्सिनाले भिडियो गजल सार्वजनिक गरेका छन्। मंगलबार संवाद चौतारीमा आयोजित एक कार्यक्रमका बीच भिडियो गजल सार्वजनिक गरिएको हो। “सानी” शिर्षक दिइएको उक्त गजलको भिडियोमा सर्जक तथा निर्माता विशाल र एलिजा आचार्यको अभिनय देख्न सकिन्छ। पवन भुजेलले निर्देशन गरेको भिडियोलाई सामुएल तामाङ्गले संगीत दिएका छन्।
भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै सर्जक विशालले आफ्नो सानैदेखिको सपना पुरा भएको बताए। पछिल्लो समय गजलको क्रेज खस्किएको महसुस आफूले गरेकाले यसको निरन्तरताका लागि नेपालमै पहिलो पटक यो प्रयास गरेको उनको भनाई थियो। यो सानो प्रयासलाई मुर्त रुप दिन धेरै व्यक्तिहरुको साथ र सहयोग रहेकाले उनले सबैलाई धन्यवाद दिए।
त्यस्तै कार्यक्रमकी प्रमुख अतिथि साहित्यकार डा. रेनुका सोलुले यो नयाँ प्रयासका लागि बधाई दिदै गजलको दायरा साघुरिएको छ भन्नु गलत भएको बताइन । कार्यक्रममा सानी भिडियो टिमका अलावा हास्यकलाकार पवन खतिवडा (म्याकुरी) लगायत अन्य कलाकार तथा निर्देशकहरुको पनि सहभागिता थियो।
कार्यक्रममा सहभागी सबै अतिथिले नबिन काम सुरु गरेकोमा विशाललाई बधाई तथा सफलताको शुभकामना दिएका थिए।
Similar Post You May Like
-
समाजसेवी पदम भुलको गित ‘महामारी दशा’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । समाजसेवी पदम भुलको ‘महामारी दशा’ बोलको देउडा गित
-
पर्यटन व्यवसायी घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक
चितवन । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ बोलको गीत सार्वजनिक
-
अमित सुनारको शब्दमा ’पिरको पोको’ भिडियो गीत बजारमा
काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित