नेपालमा कोरोना संक्रमित बढे, थप तीन जनाको मृत्यु

March 30, 2021      Views: 67  

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १६७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ७२७ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३० पुगेको छ । आज कोरोनाबाट थप तीन जनाको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ३९० रहेको छ ।

नेपालमा पछिल्ला दिनहरुको तुलनामा आज कोरोना संक्रमितको संख्या बढेको देखिन्छ । सोमबार १४१ जनामा संक्रमण देखिएको थियो भने कुनै व्यक्तिको संक्रमणबाट मृत्यु भएको थिएन ।

Similar Post You May Like