नेपाल-खनाल पक्षद्वारा बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा

April 6, 2021      Views: 42  

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ ।

वागमती प्रदेशको स्थायी कमिटी बैठकले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।

कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् । यस्तै, सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मा लगायत रहेका छन् ।

Similar Post You May Like