काठमाडौंसहित १४ जिल्लाका विद्यालयमा नजान स्वास्थ्य मन्त्रालयको अपिल

April 15, 2021      Views: 46  

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंसहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको छ ।

मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालयमा नगइदिन अपिल गरेको छ । यस्तै, मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि अपिल गरेको छ ।

मन्त्रालयले सबै सरकारी अस्पतालहरूमा कम्तीमा ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको छ।

No photo description available.

May be an image of text

Similar Post You May Like