माओवादी केन्द्रले फिर्ता लियाे गण्डकी सरकारलाई दिएको समर्थन

April 15, 2021      Views: 32  

काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले पत्र लेखेर समर्थन फिर्ता लिएकोबारे सभामुखलाई जानकारी गराएका छन् ।

‘पृथ्वीसुब्बा गुरुङको नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नेकपा माओवादी केन्द्रको समर्थन रहँदै आएकोमा नेकपा माओवादीसँगको सहमति माननीय पृथ्वीसुब्बा गुरुङले एकपक्षीय रुपमा उल्लंघन गर्नुभएकोले आजकै मितिबाट उहाँको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँछु,’ पत्रमा भनिएको छ ।

Similar Post You May Like