८० लाख विद्यार्थीको जीवनमा खेलबाड नगर्न सरकारलाई अनेरास्ववियू (क्रान्तिकारी) को अपिल

April 15, 2021      Views: 123  

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) ले कोरोना भाइरस संक्रमणको दोस्रो चरण सुरु हुने संकेत देखिएको भन्दै प्रतिकार्यका लागि तयारीमा लाग्न सरकार र सरोकारवाला पक्षसँग माग गरेको छ ।

अध्यक्ष रञ्‍जित तामाङले बिहीबार विज्ञप्ति जारी गर्दै यथाशक्य चाँडो सिमानामा कडाई गर्ने, सम्भावित अवस्था अविलम्ब आंकलन गरी आइसोलेसन तथा क्वारेन्टिन व्यवस्थापन गर्ने, सहज पहुँचमा हरेक अस्पतालमा निःशुल्क पीसीआर परीक्षणको सुनिश्चितता गर्ने लगायत विषयमा ध्यान दिन तीनै तहका सरकार र अन्य सम्बद्ध पक्षसँग माग गरेका हुन् ।

त्यस्तै राष्ट्रिय जीवनका हरेक क्षेत्रमा स्वास्थ्य मापदण्ड पूरा गर्ने, खोपलाई प्रचारमुखी नभई प्रभावकारी रुपमा सबै नागरिकमा पुर्‍याउनेजस्ता कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउन पनि माग गरिएको छ ।

विज्ञप्ती सहित

Similar Post You May Like