‘केपी ओलीसँग कुनै सम्झौता हुदैन’ : माधव नेपाल

April 22, 2021      Views: 33  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच डेढ घण्टा कुराकानी भएको छ ।

वार्तामा कुनै प्रगति नभएको नेता नेपालले बताए । भेटपछि होटलबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका नेता नेपालले भने, ‘कुराकानीमा कुनै प्रगति छैन ।’

ओली केही बेरअघि बाहिरिएका थिए भने नेपाल र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा सांसद मोतिलाल दुगडबीच भने केही बेर थप छलफल चलेको थियो । नेपाल र दुगडबीच पनि केहीबेर छलफल भएको थियो । केही बेरको छलफलपछि नेता नेपाल पनि बाहिरिएका छन् ।

दुगडले भने दुई नेताबीचको वार्ता सकारात्मक भइरहेको बताए । उहाँहरूबीच वार्ता सकारात्मक भइरहेको छ किनकी दुबै नेता पार्टी फुटाउन चाहनुहुन्न,’ दुगडले पत्रकारसँग कुरा गर्दै भने ।

दुगड बुधबार पनि ओली-नेपाल वार्ता हुँदा मेरियट होटलमै थिए।

Similar Post You May Like