राष्ट्रपतिसमक्ष गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखद्वारा शपथग्रहण

May 3, 2021      Views: 42  

काठमाडौँ । गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिशमा नियुक्त भएका गण्डकी प्रदेशका प्रदेश प्रमुख सीता पौडेल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ शीतल निवासमा शपथ गराएकी हुन् ।

यसअघि गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए । उनीहरुलाई पदमुक्त गर्दै आजै राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । शेरचन र पन्त नेकपा माओवादी केन्द्र निकट नेता हुन् ।

नवनियुक्त प्रदेश प्रमुख यादव पूर्वउपसभामुख हुन् भने पौडेल चितवन निवासी हुन् । यादव दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । उनी २०७४ सालमा एमालेमा प्रवेश गरेका थिए। यस्तै, पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन्।

Similar Post You May Like