नेपालमा थप ८२०३ जनामा कोरोना पुष्टि, १९६ को मृत्यु

May 18, 2021      Views: 53  

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट २० हजार २८६ र एन्टिजेन विधिबाट ६९३ जनाको परीक्षण गर्दा ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

यस्तै, आज थप ६ हजार ८९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ ।

आज संक्रमणबाट थप १९६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ५ हजार ४ सय ११ पुगेको छ ।

No photo description available.

Similar Post You May Like